×

NMB BANK
NIC ASIA

प्रदेशका हरेक घर अभावरहित हुनुपर्छ– मुख्यमन्त्री पौडेल

मंसिर ६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशका हरेक घर अभावरहित हुनुपर्ने बताएका छन् । उनले नागरिकलाई खुशी बनाई समृद्धिको यात्रा तय गरिने उल्लेख गरे ।

Sagarmatha Cement
Muktinath Bank

मकवानपुरको भीमफेदी गाउँपालिकाको कोगटे–इपा क्षेत्रको अनुगमन भ्रमणपछि स्थानीयवासीसँग शुक्रवार कुरा गर्दै मुख्यमन्त्री पौडेलले सरकार हरेक नेपालीको मुहारमा मुस्कान ल्याउन उद्यत रहेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले प्रदेशका हरेक घरमा खानेपानीको धारो हुनुपर्ने तथा हरेक घरमा बिजुली जोडिनुपर्ने उल्लेख गरे । 'हरेक घरका बालबालिकाले पढ्ने वातावरण पाउनुर्प', उनले भने ।


Advertisment
Nabil box
Kumari

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले विकासका कुनै पनि पूर्वाधारबाट कसैलाई पनि बञ्चित गर्न नहुने धारणा राखे ।

Vianet communication
Laxmi Bank

उनले सरकारले जिल्लाको विकासमा डेढ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको उल्लेख गरे ।

डेढ वर्षभित्र हेटौंडामा चिकित्साशास्त्रको अध्ययन सञ्चालन गर्ने गरी शिक्षण अस्पतालको शुरुआत भइसकेको, प्रतिवर्ष दुई हजार ५०० प्राविधिक जनशक्ति उत्पादन गर्ने गरी प्राविधिक महाविद्यालय निर्माणको काम भइरहेको उनले जानकारी दिए ।

'कृषि उत्पादन वृद्धि गर्न सरकारले सिँचाइ, मलखाद, बीउ बिजन आदिको उचित व्यवस्थापन गर्नेछ', मुख्यमन्त्री पौडेलले भने ।

पशुपालन, तरकारी खेतीजस्ता रोजगारमूलक कृषिका लागि अनुदान उपलब्ध गराउनुका साथै उत्पादित कृषिउपजको भण्डारणका लागि शीतभण्डार निर्माण र बजारीकरणको व्यवस्था गरिएको उनले बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले सङ्घीयतापछि स्थानीय तहको निर्वाचन र प्रदेश सरकारको गठनपछि जिल्लाका विकट क्षेत्र पनि विकासको मूलधारमा समाहित भएको उल्लेख गरे ।

उनले सरकारको योजनामा स्थानीय चासो र चिन्ता आवश्यक रहेको बताए । भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले गाउँपालिकाका कुनै पनि कुनालाई विकासले सुगम बनाइने उल्लेख गरे ।

उनले प्रदेश सरकारको साथ रहे गाउँपालिकालाई समृद्ध बनाउन सम्भव रहेको धारणा राखे ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x