×

NMB BANK
NIC ASIA

मलेसिया पठाइदिन्छु भन्दै दाजुभाइ ठग्नेलाई विभागले गर्यो रंगेहात पक्राउ

मंसिर ८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिन्छु भनी विभिन्न व्यक्तिहरुसँग रकम उठाइरहेका एजेन्टहरूलाई वैदेशिक रोजगार विभागले रंगेहात पक्राउ गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

विभागका महानिर्देशक भिष्मकुमार भुसालले आफूलाई यस्तो सूचना आएपछि छापा मारेको बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आइतवार काठमाडौं सिनामंगलस्थित नोभा म्यानपावरको कार्यालय भवन नजिकैको स्थानबाट वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुबाट एक लाख २० हजार बुझिसकेको अवस्थामा कैलाश लिम्बु पक्राउ परेका हुन् । लिम्बुले दुई दाजुभाइ झलकबहादुर बिक र पोष्टराज बिकलाई मलेसिया पठाइदिन्छु भन्दै रकम असुलेका थिए ।


Advertisment
Nabil box
Kumari

लिम्बुले ८० हजार पहिल्यै मागिसकेको भुसालले बताए । उनले शनिवार मलेसिया फ्लाइट छ भन्दै दुवैलाई बाँकी १ लाख ६० हजारसहित काठमाडौँ बोलाएका थिए । दुवैले काठमाडौँ आइसकेपछि टिकट मागे । तर श्रम स्वीकृति नै नभएको थाहा पाएपछि विभागमा उजुरी गरेका थिए ।

Vianet communication
Laxmi Bank

लिम्बुले कुनै म्यानपावरका लागि पैसा उठाएका थिए कि व्यक्तिगत भन्ने अनुसन्धानकै क्रममा रहेको भुसालले जानकारी दिएका छन् ।

नेपाल सरकारले मलेसिया जाने कामदारहरूका लागि शून्य लागतमा मलेसियासँग सम्झौता गरिसकेको छ । सम्झौता कार्यान्वयनका लागि विभाग लागिरहेको अवस्थामा म्यानपावरहरूले बाहिर एजेन्ट लगाएर अवैध रूपमा रकम संकलन गर्ने गरेको उजुरीहरू प्राप्त भएको भुसालले बताए ।

पक्राउ परेका लिम्बुलाई वैदेशिक रोजगार ऐन २०६४ अनुसार कारवाही हुने भुसालले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १७, २०८०

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको फारम भर्ने विषयलाई लिएर भएको प्रदर्शनमा दुई जनाको ज्यान गएको घटनाका सम्बन्धमा सरकारले नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क तेइयोङसँग छलफ...

पुस ७, २०८०

नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य बनेको दक्षिण कोरियाका लागि आवेदकको बाढी देखिएको छ । ईपीएस मार्फत कोरिया जान १ लाख ४३ हजारभन्दा बढी नेपाली युवाले आवेदन फाराम  दिएका हुन् ।   ईपीएस को...

माघ १५, २०८०

काठमाडौं-तराई-मधेश द्रुतमार्ग सडक आयोजनाले करारमा कर्मचारी माग गरेको छ । आयोजनाले सोमबार सूचना जारी गर्दै वृक्षारोपण हेरालु पदमा कर्मचारी माग गरेको हो ।  सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन आह्वान...

पुस १३, २०८०

 पानीजहाज निर्माण क्षेत्रमा आवेदन गरेका परीक्षार्थीले उत्पादन क्षेत्रको भाषा परीक्षामा पनि निवेदन दिन पाउने भएका छन् । वैदेशिक रोजगार विभागले आज एक सूचना जारी गरी उक्त व्यवस्था भएको जनाउँदै आवेदन बुझाउने म्...

मंसिर १, २०८०

 सांसद एवं कांग्रेस नेता प्रदीप पौडेलले कोरियामा काम गर्ने नेपालीलाई त्यहाँका नागरिक सोसरह सेवा सुविधा दिन र कामको अवधिपछि योगदानमा आधारित पेन्सन दिन दक्षिण कोरिया सरकारसँग आग्रह गरेका छन् । नेपाल ...

कात्तिक १७, २०८०

नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार अधिकृत क्याडेट पदका लागि आवेदन आह्वान गरेको हो ।  नेपाली सेनामा रिक्त २२९ अधिकृत प...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x