पुस २८, २०८०
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
मंसिर १०, २०७६
एपेन्डिसाइटिस भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको आकस्मिक शल्यक्रिया गरियो । मंगलवार अपराह्न पौने १ बजे प्रधानमन्त्रीको आकस्मिक शल्यक्रिया सम्पन्न भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकारले जानकारी दिए ।
त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्री ओलीको आकस्मिक शल्यक्रिया गरिएको हो ।
१२ वर्षअघि प्रत्यारोपण गरिएको मृगौलाले राम्रोसँग काम नगरेका कारण पुनः प्रत्यारोपण गर्ने सम्भावनाबारे छलफल भइरहेको अवस्थामा प्रधानमन्त्री ओलीको भएको हो ।
एपेन्डिसाइटिसको आकस्मिक शल्यक्रियापछि प्रधानमन्त्री ओली २ देखि ३ हप्तासम्म आराम गर्नुपर्ने विज्ञहरू बताउँछन् ।
राष्ट्रिय मिर्गौला केन्द्रका विशेषज्ञ डा. वर्षा श्रेष्ठले लोकान्तरसँग कुरा गर्दै एपेन्डिक्सको शल्यक्रिया गरेका बिरामीलाई सामान्यतयाः २ देखि ३ दिन अस्पतालमै राखिने र त्यसपछि कम्तीमा २ हप्ता आराम गर्नुपर्ने बताए ।
‘एपेन्डिक्सको शल्यक्रियापछि सामान्यतयाः ७२ घण्टामा अस्पतालले डिस्चार्ज गर्ने गर्छ,’ श्रेष्ठले भने, ‘सामान्य अवस्थामा त्योभन्दा कम समयमा पनि डिस्चार्ज हुने हुन्छ तर प्रधानमन्त्रीज्यूको उमेर र अन्य समस्याका कारण उहाँलाई अझै केही दिन डाक्टरको केयरमै राख्नुपर्ला । शल्यक्रियापछि सामान्यतयाः २ हप्तामा मान्छे नर्मल काम गर्न सक्ने हुन्छ ।’
डा. श्रेष्ठले मृगौलाको समस्या र एपेन्डिक्सको शल्यक्रिया एकआपसमा अन्तरसम्बन्धित नभएको बताए ।
‘एपेन्डिक्सको संक्रमण शरीरमा नफैलिएको अवस्थामा शरीरमा केही हुँदैन, दुवै समस्या अन्तरसम्बन्धित समस्या होइनन्,’ डाक्टर श्रेष्ठले भने, ‘शल्यक्रियापछि घाउ निको भइसकेपछि अर्को शल्यक्रिया पनि गर्न सकिन्छ ।’
मृगौला पुनः प्रत्यारोपण गर्नुपरेमा वा नियमित डायलासिसको प्रक्रियामा एपेन्डिक्सको शल्यक्रियाले खासै केही फरक नपार्ने डा. श्रेष्ठले बताए ।
प्रधानमन्त्रीको सिंगापुर यात्रा
प्रधानमन्त्रीको मिर्गौला फेरेको १२ वर्षभन्दा बढी भइसकेको छ । मृगौलामा समस्या देखिएपछि गत साउन १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा. दिव्यासिंह शाहसँग सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटल पुगेका थिए ।
सिंगापुरमा प्रारम्भिक परीक्षणपछि प्लाज्मा फेरोसिस गर्ने निर्णय गरियो । त्यतिबेलै पुनः प्रत्यारोपण गर्ने विषयमा पनि छलफल भएको थियो । प्लाज्मा फेरोसिसको तयारी गरेर प्रधानमन्त्री ओली साउन २७ गते नेपाल फर्किए र पुनः भदौ ५ गते सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटल पुगे ।
दोस्रोपटकको उपचारपछि प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको शरीरमा बढी मात्रामा रहेको ‘एन्टीबडी’लाई वैज्ञानिक विधिबाट हटाउने प्रक्रिया पूरा भएको र नियमित कामलाई निरन्तरता दिन सक्ने स्थितिमा रहेको दाबी गरिन् ।
त्यसपछिको २ महिना प्रधानमन्त्रीको स्वास्थ्य सामान्य रह्यो । गत कात्तिक १३ गते प्रधानमन्त्री ओलीलाई डायलासिसका लागि काठमाडौंको ग्राण्डी अस्पताल लगियो । त्यहाँ उनको २ पटक डायलासिस भएको थियो ।
मृगौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले प्लाज्मा फेरोसिस असफल भएको भन्दै प्रधानमन्त्रीले कि त नियमित डायलासिस, कि त पुनः प्रत्यारोपणमा जानुको विकल्प नभएको बताए । लोकान्तरसँग कुरा गर्दै डा. काफ्लेले पुनः प्रत्यारोपणमा त्यतिधेरै जोखिम नहुने बताएका थिए ।
प्रधानमन्त्री ओली तेस्रोपटकको डायलासिसका लागि कात्तिक ३० गते ग्राण्डी अस्पताल पुगे । त्यसको ८ दिनपछि मंसिर ८ मा प्रधानमन्त्रीको पुनः डायलासिस गरियो । नियमित डायलासिस गरिरहेका प्रधानमन्त्री ओलीलाई मंगलवार अचानक एपेन्डिक्सको शल्यक्रिया गर्नुपरेको हो ।
अस्पतालले अपराह्न पौने २ बजे एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थिर रहेको जानकारी दिएको छ ।
अमेरिका जाने हल्ला
तेस्रो पटकको डायलासिसपछि प्रधानमन्त्री ओलीलाई अमेरिकामा मृगौला प्रत्यारोपण गर्ने चर्चा चलेको थियो । यद्यपि त्यो चर्चा अझैसम्म सेलाएको छैन । प्रधानमन्त्रीको निजी चिकित्सक डा. दिव्यासिंह शाह र परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई अमेरिका पुगेका थिए ।
यद्यपि डा. शाह र भट्टराई प्रधानमन्त्री ओलीको मृगौला पुनः प्रत्यारोपणको तयारीका लागि अमेरिका गएको स्वतन्त्र पुष्टि भएको छैन । त्यसले एउटा अनुमान सिर्जना गरेको थियो ।
मृगौला रोग विशेषज्ञहरूले प्रधानमन्त्री ओलीसँग मृगौला प्रत्यारोपणको जोखिमरहित विकल्प रहेको हुँदा प्रत्यारोपण नै गर्न सुझाएका छन् । लोकान्तरसँग कुरा गर्दै मृगौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्ले, डा. वर्षा शाह र डाक्टर सन्तोष गुरुङ लगायतका विशेषज्ञले मृगौला पुनः प्रत्यारोपण सहजै हुन सक्ने बताएका हुन् ।
नेपालमा आफन्तबाहेक कसैले मृगौला दान गर्न नसकिने कानूनी प्रावधान छ तर भारत, अमेरिका र सिंगापुर लगायतका देशहरूमा जो कोहीले पनि मृगौला दान गर्न सक्छ । नेपालमा कानूनी जटिलता भएकाले विदेश गएर मृगौला पुनः प्रत्यारोपण गर्न सक्ने सम्भावना रहेको प्रधानमन्त्री सचिवालय स्रोतले बताएको छ ।
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...