×

NMB BANK
NIC ASIA

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन देउवा पुगे अस्पताल

मंसिर ११, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अस्पताल पुगेका छन् । 

Sagarmatha Cement
Muktinath Bank

त्रिवि शिक्षण अस्पताल परिसरस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न देउवा बुधवार मध्याह्न अस्पताल पुगेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मंगलवार एपेन्डिसाइटिसको शल्यक्रियापछि प्रधानमन्त्री ओली अस्पतालमै छन् । उनको स्वास्थ्य अवस्थामा सुधार आएको र बोल्न समेत थालेको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्री ओलीलाई भेट्न अस्पताल पुग्ने नेताहरू ढोकाबाटै फर्किने गरेका छन् ।

Vianet communication
Laxmi Bank

बुधवार बिहान प्रधानमन्त्री ओलीलाई भेट्न उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्री हृदयेश त्रिपाठी, नेकपा महासचिव विष्णु पौडेल र उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे अस्पताल पुगेका थिए तर कसैले पनि ओलीलाई भेट्न पाएनन् ।

अस्पताल जाने नेताहरू ओलीलाई राखिएको सघन उपचार कक्ष (आईसीयू) को ढोकाबाटै फर्किने गरेका छन् । आईसीयूभित्र प्रवेशमा कडाइ गरिएको छ ।

मंगलवार अस्पताल पुगेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत ओलीलाई भेट्न पाएनन् । अस्पताल पुग्ने नेताहरू चिकित्सक र सचिवालयका सदस्यसँग ओलीको स्वास्थ्यबारे जानकारी लिएर फर्किने गरेका छन् ।

प्रधानमन्त्री ओली एपेन्डिसाइटिसको शल्यक्रियापछि अस्पतालमा आराम गरिरहेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले नेताहरूलाई प्रधानमन्त्रीसँग भेट्न नदिइएको बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x