मंसिर ४, २०८०
एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...
शेयर बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक पुनः ओरालो लागेको छ । बुधबार उकालो लागेको बजारले पुनः आज ओरालोको यात्रा तय गरेको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.६७ विन्दुले घटेर एक हजार ११२.७९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.५७ विन्दुले घटेर २४६.६५ मा पुगेको छ ।
नेप्से ओरालो लागेसँगै कारोबार रकममा समेत गिरावट आएको छ । कूल १६६ कम्पनीको १२ लाख ७१ हजार ६ कित्ता शेयर रु २४ करोड ३३ लाख ९१ हजार ३२० मूल्यमा खरिदबिक्री भए ।
कारोबार भएका कूल १२ उपसमूहमध्ये जीवन बीमाको मात्रै शेयर मूल्य बढ्दा अन्य ११ उपसमूहको शेयर भने आरोलो लाग्यो ।
जीवन बीमा १८.१२ विन्दुले बढेको छ । यस्तै बैङ्किङ ४.२४, व्यापार २०.०९, होटल ८.६६, विकास बैंक ७.७२, जलविद्युत् ५.७६, वित्त २.१२, निर्जीवन बीमा २८.५८, उत्पादन २६.८६, अन्य २.६१, लघुवित्त ३.२३ र सामूहिक लगानी कोष ०.१४ विन्दुले घटेको छ ।
नेप्सेका अनुसार आज कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु तीन करोड ३५ लाख ७५ हजार ६३ बराबरको शेयर कारोबार भयो । एनएमबी बैंक रु तीन करोड ५९ लाख ७६ हजार ७०३, नबिल बैंक रु एक करोड १३ लाख ७८ हजार १११, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु एक करोड एक लाख २० हजार ५४२ र सानिमा बैंक रु ९८ लाख २८ हजार ३२१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार आज माउण्टेन हाइड्रो ५.२६, पाँचथर पावर ५.०५, सामुदायिक लघुवित्त वित्तीय संस्था ४.१४, एक्सेल डेभलपमेन्ट बैंक ३.९३ र गुराँस लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.६८ प्रतिशतले कमाए ।
यस्तै, साल्ट टेड्रिङ कर्पोरेशन ५.९३, ग्लोबल आइएमई समुन्नत स्किम एक ५.६७, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ४.२४, अरुण भ्याली हाइड्रोपावर ४.०८, नविल इक्विटी फण्डका शेयरधनीले ३.८६ प्रतिशतले गुमाए ।
एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...
कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...
एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक अफर सार्वजनिक गरेको छ । बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...
कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो । बैंकले ...
ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...
एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...