×

NMB BANK
NIC ASIA

माल्टामा पत्रकारको हत्या गरिएपछि सरकार डामाडोल

मंसिर १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

माल्टामा पत्रकार ड्याफ्ने कारुआना गलिजियाको हत्याको अनुसन्धान पूरा नहुन्जेलसम्म आफू पदमा बस्ने प्रधानमन्त्री जोसेफ मस्कटले शुक्रवार बताएका छन् । रातभरि चलेको मन्त्रिपरिषद् बैठक बिहान ३ बजे सकिएपछि उनले यस्तो बयान दिएका हुन् । 

Sagarmatha Cement
Muktinath Bank

राजधानी भालेत्तामा प्रधानमन्त्री मस्कटले मन्त्रीहरूलाई आफ्नो कार्यालयमा बोलाएर योर्गेन फेनेचलाई राष्ट्रपतिका तर्फबाट क्षमादान दिने नदिने विषयमा छलफल गरेका छन् । फेनेचमाथि गलिजियाको हत्याको षड्यन्त्र रचेको आरोप छ र उनलाई अघिल्लो साता पक्राउ गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गलिजियालाई सन् २०१७ को अक्टोबर महिनामा हत्या गरिएको थियो । 


Advertisment
Nabil box
Kumari

याट चढेर माल्टाबाट भाग्न खोजेका फेनेचलाई पक्राउ गरिएको हो । उनलाई हिरासतमा लिइएपछि उनले अन्य षड्यन्त्रकारीको सूचना दिने शर्तमा राष्ट्रपतिको क्षमादानको अनुरोध गरेका थिए । 

Vianet communication
Laxmi Bank

फेनेचलाई अभियोजनबाट उन्मुक्ति दिने कि नदिने भन्ने विषयमा निर्णय लिन मन्त्रीहरूलाई नै छोडेको मस्कटले बताए । 

उनीहरूले चाहिँ प्रहरी प्रमुख तथा महान्यायाधिवक्ताको सल्लाह अनुसरण गर्ने बताएको मस्कटले जानकारी दिए ।

गलिजिया माल्टाकी प्रख्यात खोज पत्रकार थिइन् र उनले मस्कट सरकारको आलोचना गरिरहन्थिन् । सन् २०१६ को फेब्रुअरी महिनामा उनले पनामा पेपर्समा खुलासा गरिएको सूचनाका आधारमा ऊर्जामन्त्री कोनराड मिज्जी तथा

मुख्यसचिव कीच शेम्ब्रीले पनामाका कम्पनीहरूबाट गोप्य रूपमा फाइदा लिएको छापेकी थिइन् । 

खबर छापेपछि उनी सत्ताको तारो बनिन् र उनको सुरक्षामा जोखिम आइलाग्यो । सन् २०१७ को अक्टोबर १६ मा उनको गाडीको सीटमुनि बम राखेर टाढाबाट पड्काइएको थियो । 

घटनापछि प्रधानमन्त्री मस्कटलाई निकै अप्ठ्यारो परेको भए पनि उनी समर्थकहरूमाझ लोकप्रिय छन् । त्यसैले उनी अहिलेसम्म शासन चलाउन सफल छन् । तर हत्यामा जिम्मेवार मानिसहरूको पहिचान गरेपछि आफूले सत्ता छोड्ने उनले फेरि एकपटक बताएका छन् । 

सत्तामा बसिरहने उनको निर्णयलाई विरोधकर्ताहरूले भने चर्को आलोचना गरेका छन् । उनीहरू प्रधानमन्त्री कार्यालयबाहिर क्याबिनेटको निर्णय कुरेर रातभरि बसेका थिए । मारिएका पत्रकार गलिजियाका छोरा पल मन्त्रीहरूमाथि गर्जिएका थिए ।

द गार्डियनबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x