सिभिल बैंक लिमिटेड र हेल्भेटासबीच सम्झौता

सिभिल बैंक लिमिटेड र हेल्भेटास स्वीस इन्टरकर्पोरेशन नेपालको सहकार्यमा प्रदेश नम्बर २ र कर्णाली प्रदेश भित्रका वित्तीय पहुँच नपुगेका स्थानीय निकायमा वित्तीय पहुँच पुर्‍याउनुका साथै सीप प्रवद्र्धन, व्यावसायिक कृषि तथा उत्पादनमूलक तालिम प्रदान गरी कृषि व्यवसायलाई आधुनिकीकरण तथा बजारीकरण गर्ने विषयमा सम्झौता भएको छ ।

सम्झौता पत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र हेल्भेटास स्वीस इन्टरकर्पोरेसन नेपालको तर्फबाट राष्ट्रिय निर्देशक डा. भरतकुमार पोखरेलले हस्ताक्षर गरेका छन् ।


Advertisement

सम्झौता अनुसार हेल्भेटास स्वीस इन्टरकर्पोरेसन नेपालले प्रदेश नम्बर २ र कर्णाली प्रदेश भित्रका स्थानीय कृषकलाई प्राविधिक तालिम प्रदान गर्नुका साथै कृषि बजारलाई व्यवस्थित गर्न कार्य गर्नेछ भने बैंकले वित्तीय साक्षरता प्रदान गर्दै शाखारहित बैंकिङ सेवामार्फत बैंकिङ सेवा प्रदान गर्नेछ । 

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले सम्झौताले बैंकिङ सेवाबाट वञ्चित रहेका उक्त क्षेत्रका स्थानीयलाई बैंकिङ सेवामार्फत बचत गर्ने बानीको विकास गर्ने तथा स्थानीय स्तरमा नै केही गर्ने सोचसहित व्यवसायमा संलग्न हुने स्थानीयलाई सहज रुपमा कर्जा उपलब्ध गराई त्यस क्षेत्रको आर्थिक विकास गर्न महत्त्वपूर्ण भुमिका खेल्ने बताए ।


Advertisement

मुलुकको विकासको निमित्त स्थानिय तहको स्रोतसाधन परिचालन गर्दै स्वरोजगार क्षेत्रमा काम गर्न सहकार्यको महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा विश्वस्त रहेको डा. भरतकुमार पोखरेलले बताए ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्