×

NMB BANK
NIC ASIA

प्रधानमन्त्रीका चिकित्सक भन्छन् : १० दिनपछि उहाँले अन्तर्वार्ता दिन सक्नुहुन्छ

मंसिर १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै आईसीयूमा राखिएको छ । सम्भावित संक्रमणबाट जोगाउन उनलाई आईसीयूमा राखिएको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् । प्रधानमन्त्री ओलीलाई काममा फर्कन करिब १० दिन लाग्ने पनि उनीहरूले आकलन गरेका छन् । 

Muktinath Bank

‘एपेन्डिसाइटिस’ सहित ‘पेरिटोनाइटिस’ (पेटको संक्रमण) देखिएपछि गत मंगलबार प्रधानमन्त्री ओलीको उक्त सेन्टरमा शल्यक्रिया गरिएको थियो । उनलाई थप कति दिन आईसीयूमा राख्ने भन्ने चिकित्सकहरूले खुलाएका छैनन् । उपचारमा संलग्न डा. सुवास आचार्यले पेटको घाउ आलै रहेका कारण बाहिर सारे अन्य संक्रमण हुने जोखिम भएकाले प्रधानमन्त्री ओलीलाई आईसीयूमै राखिएको बताए । ‘स्वास्थ्य अवस्था, क्षमता, गतिशीलता, खानपान हेरेर आईसीयूबाट बाहिर राख्ने विषयमा निर्णय गरिन्छ,’ सेन्टरले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा डा. आचार्यले भने ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ओलीको एपेन्डिक्सको शल्यक्रिया गरेका डा. रमेशसिंह भण्डारीका अनुसार प्रधानमन्त्रीको शरीरको प्रतिरक्षा प्रणाली कमजोर भएकाले मंगलबार संक्रमण सुरु भएको २–४ घण्टामै पेटभरि फैलिएको थियो । ‘उहाँको शरीरमा सामान्य व्यक्तिको दाँजोमा अत्यन्त छिटो संक्रमण फैलियो,’ उनले भने । पेटभरि एपेन्डिक्सको संक्रमण फेलिएकाले ‘ल्यापरोटोमी’ (पेटलाई पूरा चिरेर गरिने शल्यक्रिया) गरेर एपेन्डिसाइटिस हटाइएको थियो । ‘मंगलबार यहाँ आउँदा प्रधानमन्त्री धेरै बिरामी हुनुहुन्थ्यो,’ डा. भण्डारीले भने, ‘शल्यक्रियापछि संक्रमणको असर अलिअलि पेटमा भयो, रगतमा समेत भयो । तर हामीले आशंका गरेकोसम्म भएन । सोचेभन्दा राम्रो सुधार देखिएको छ ।’


Advertisment
Nabil box
Kumari

शल्यक्रियाको प्रभाव र यसको संक्रमण नियन्त्रण भइसकेको जानकारी दिँदै उनले पछि देखिन सक्ने जटिलता र संक्रमणको डर मात्र रहेको बताए । उनले प्रधानमन्त्री आफ्नो काममा करिब १० दिनमा फर्कन सक्ने बताए । ‘प्रधानमन्त्रीले १० दिनजतिमा कसैको सहयोगमा कुरा गर्न, अन्तर्वार्ता दिन सक्नुहुन्छ,’ उनले भने, ‘तर शल्यक्रियाको घाउको स्थिति कस्तो हुन्छ, त्यो पनि महत्त्वपूर्ण छ ।’

Vianet communication
Laxmi Bank

प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्यासिंह शाहले ओली खतरामुक्त रहेको जानकारी दिइन् । ‘तर भविष्यको कुरा समयले नै बताउँछ,’ उनले भनिन्, ‘शल्यक्रिया आफैंमा शतप्रतिशत सुरक्षित प्रक्रिया होइन । प्रत्यारोपण गरेको व्यक्तिमा एपेन्डिक्सको लक्षण ढिलो थाहा पाउने वा नपाउने पनि हुनसक्छ, किटाणु अत्यन्त तीव्र गतिले फैलिन्छ ।’ डा. शाहका अनुसार शल्यक्रियाले गर्दा रक्तस्रावको जोखिम भएकाले उनलाई बिहीबार प्लेटलेट्स चढाइएको थियो ।
प्रधानमन्त्रीको हालको स्वास्थ्य अवस्थाले सम्भावित मिर्गौला प्रत्यारोपणको समयलाई धेरै पर नसार्ने डा. शाहले बताइन् । ‘सबै चिज सोचेअनुसार भयो र एपेन्डिक्सको घाउ भरियो भने प्रत्यारोपणको समय पछाडि सर्दैन,’ उनले भनिन् । प्रधानमन्त्रीको मिर्गौलाको प्रत्यारोपण कहाँ गर्ने भन्ने निर्क्योल भइनसकेको डा. शाहले बताइन् ।

‘यहीँकै निजी वा सरकारी कुनै क्षेत्रमा पनि गर्न सकिन्छ,’ उनले भनिन्, ‘नेपाल प्रत्यारोपणमा आत्मनिर्भर छ ।’ उनले डायलसिसमै बस्दा पनि खासै फरक नपर्ने संकेत गरिन् । ‘मानिसले डायलसिसमै बसेर १०–२० वर्षसम्म काम गर्न सक्छन्,’ उनले भनिन्, ‘पत्यारोपणको फाइदा डायलसिसको झन्झटबाट मुक्त हुनु र अलि राम्रो स्वास्थ्य अवस्था पाउनु हो ।’ उनले प्रधानमन्त्री ओलीका लागि प्रत्यारोपण गर्न एकदम हतार गर्नुपर्ने अवस्था नरहेको बताइन् । ‘अनुकूल समय पारेर उहाँको प्रत्यारोपण गर्न सकिन्छ,’ उनले भनिन् ।

यसैबीच नेकपाका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार प्रधानमन्त्री ओलीसँग भेटेर उपचारमा संलग्न चिकित्सहरूबाट स्वास्थ्यस्थितिबारे जानकारी लिएका छन् । कान्तिपुर  दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x