×

NMB BANK
NIC ASIA

काठमाडौं- रातोपुलमा रहेको 'आशिष मोटरसाइकल वर्कशप'की सरस्वती सुवाल अर्थात् सरु बाइक मेकानिक हुन् ।

Sagarmatha Cement
Muktinath Bank

केही दिनअघि लोकान्तरकर्मी वर्कशपमा पुग्दा उनी बाइक बनाउँदै गर्दा भेटिइन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भन्छिन्, 'आफ्नो काम गरेर आफ्नो खुट्टामा उभिन पाउँदा गौरवान्वित छु ।'


Advertisment
Nabil box
Kumari

कसरी सिक्नुभयो त बाइक ? भन्ने लोकान्तरको प्रश्नमा उनले आफू बाइक मेकानिक बन्नुमा पति आशिषको ठूलो साथ र सहयोग रहेको बताइन् । 

Vianet communication
Laxmi Bank

'सिक्छु भनेर सिकेको त होइन,' उनले थपिन्, 'पतिलाई सहयोग गर्दागर्दै उहाँले सिकाउनुभयो ।'

उनको भनाइ मान्ने हो भने कोठा वरपरका महिलाहरू घाम तापेर बस्थे, अरूको कुरा काट्थे । तर उनलाई मन पर्दैनथ्यो ।

 *****

शुरूशुरूका दिनमा उनलाई बाइक बनाउने काम 'आकाश' लागेको थियो । कसरी गर्ने होला हुन्थ्यो रे !

'मानिसहरू बाइकको चेन टाइट गर्ने भन्छन् । नटबल्टु पनि देख्दिनँ । कसरी गर्ने होला भन्ने लाग्थ्यो,' सिकाइका दिन सम्झिन्छिन् उनी, 'पछि सिकेपछि सजिलो लाग्यो । पहिलोपटक बाइकको चेन टाइट गर्दा खुशीले हावामा उडेको जस्तो महसूस भएको थियो ।'

उनले रोयल इन्फिल्डद्वारा सञ्चालित तीन दिने मोटरसाइकल मर्मत सम्बन्धी तालिम पनि लिएकी छन् । ५२ जना सहभागी हुँदा उनी एक्ली महिला थिइन् ।

तालिमको अनुभव सुनाउँदै भन्छिन्, 'तालिममा सबै जना पुरुष, म एक्लै महिला हुँदा शुरूमा मलाई अड लाग्यो । तर सबैले राम्रै बिहेभ गरे । सिकाइ राम्रै रह्यो ।'

तर पनि उनले पुरुषले जत्तिकै हौसला र साथसहयोग पाइन् । भन्छिन्- महिलाले पनि यस्तो काम गर्नुपर्छ । तिमीले गर्न सक्छौ भनेर सबैले हौसला दिनुभयो । ममा त्यसले उर्जा थपियो ।

उनी अहिले बजारमा चलेका अधिकांश बाइक बनाउन सक्छिन् । 

*****

उनको अनुसार वर्कशपमा काम गरिरहँदा बाइक तथा बसबाट मानिसहरूले हेर्थे । र पछि उनीहरूले नै सुनाउँथे रे- मैले तपाईंले काम गरेको देखेको थिएँ । त्यही भएर आज बाइक बनाउन आएको ।

उनीहरू आफूले गरेको कामप्रति खुशी हुँदै भन्थे रे- अबदेखि बाइक सर्भिसिङदेखि बिग्रिँदा यहिँ बनाउन आउँछु ।

ग्राहकको राम्रा प्रतिक्रियाले आफूलाई काममा इमान्दार हुन प्रेरित गर्ने उनले सुनाइन् ।

वर्कशपमा मानिसहरू बाइक बनाउने मेकानिक खोज्दै मान्छेहरू आउँथे रे ! सरुले 'म नै हो मेकानिक । के गर्नुपर्‍यो' भन्थिन् । शुरूमा नपत्याए पनि उनीहरूले अगडि बाइक तथा स्कूटर बनाइदिएपछि राम्रो रेस्पोन्स गर्न थालेको उनको अनुभव छ ।

'एकपटक आएका मानिसहरूले बाइक बनाउन अन्त लाँदैनन् । नियमित ग्राहकको रूपमा रहनुभएको छ,' सफलता सुनाउँछिन् उनी, 'अझ उहाँहरूले अन्यलाई पनि यहाँ बाइक मर्मतका लागि सिफारिस गर्नुहुन्छ । यसले मलाई काममा लगातार जुटिरहन प्रेरित गर्छ ।'

*****

महिलाले खाना बनाउने, भाँडा माझ्ने तथा चुलो चौकोमा मात्रै रुमल्लिनुपर्छ भन्ने उनलाई लाग्दैन । बरू आफ्नो खुट्टामा आफैं उभिनका लागि कोशिश गर्नुपर्ने उनको धारणा छ ।

'कति महिलाहरू हात फोहोर हुन्छ । बल प्रयोग हुन्छ भनेर यस्तो काम गर्न हिच्किचाउने गरेका छन्,' महिलाहरूलाई उनको सुझाव छ, ' हवाइजहाज पनि महिलाले उडाएका छन् । पुरुषले गर्ने काम महिलाले गर्न सक्दैनन् भन्ने छैन ।'  

उनी आफ्नो सफलतामा पतिको साथ र सहयोगलाई कहिल्यै भुल्दिनन् । वर्कशपमा सरुसँगै उनका पति आशिष पनि सँगै काममा जुटिरहेका हुन्छन् । 'पति यो पेशामा नभएको भए सायद म पनि यो स्थानमा हुन्नथेँ होला । उहाँले लगातार सिकाउनुभयो मैले सिकिरहेँ । नसकेको र नजानेको कुरा मैले उहाँलाई सोध्थेँ । उहाँले सिकाउनुहुन्थ्यो,' उनले भनिन् ।

हामीले अन्तिममा सरुलाई सोधेका थियौं, तपाईंलाई बाइकको डाक्टर भनेर सम्बोधन गर्दा हुन्छ ?

उनले यसको जवाफ पतिले भन्ने गरेको भनाइसँग जोडिन् ।

बाइकबारे सरुलाई पतिले कहिलेकाहिँ सुनाउँछन् रे- शरीरको अंगजस्तै बाइकको पनि पाटपूर्जा हुन्छ । मान्छेको उपचार गर्नेलाई डाक्टर भनिन्छ भने बाइकको मर्मत गर्नेलाई मेकानिक भनिन्छ । तिमी पनि बाइकको डाक्टर हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x