×

NMB BANK
NIC ASIA

अमेजन जंगल डढाएको आरोपमा हलिउड अभिनेता डीकाप्रियोले दिए जवाफ

मंसिर १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

ब्राजिलका राष्ट्रपति जेर बोल्सोनारोले अघिल्लो साता हलिउड अभिनेता तथा वातावरण अभियन्ता लियोनार्डो डीकाप्रियोमाथि अमेजन जंगल डढाउन योगदान गरेको आरोप लगाएका छन् । 

Muktinath Bank

अमेजन जंगलमा डढेलो लगाउन गैरसरकारी संस्थाहरूले योगदान गरेको भनी बिहीवार एउटा वेबकास्टमार्फत बोल्सोनारोले आरोप लगाएका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘गैससका मान्छे, तिनले के गरे ? सजिलो के हुन्छ ? झाडीमा आगो लगाउन,’ उनले भने । आरोपलाई पुष्टि गर्न उनले कुनै प्रमाण प्रस्तुत गरेनन् । 


Advertisment
Nabil box
Kumari

उनले थपे, ‘तस्वीर लियो, भिडियो खिच्यो अनि गैससलाई पठायो । गैससले त्यसलाई चारैतिर फैलाउँछ, ब्राजिलविरुद्ध अभियान चलाउँछ, लियोनार्डो डीकाप्रियोसँग सम्पर्क गर्छ अनि डीकाप्रियोले त्यो गैससलाई ५ लाख डलर दिन्छन् । आगो लगाउनेहरूलाई पनि एक भाग पुग्छ नि, हैन ?’

Vianet communication
Laxmi Bank

‘लियोनर्डो डीकाप्रियो, तिमी अमेजन जंगल डढाउन सहायता गरिरहेका छौ । त्यसो गर्नु हुँदैन,’ बोल्सोनारोले भने । 

शुक्रवार पनि उनले आरोप दोहोर्‍याए । 

डीकाप्रियोले शनिवार इन्स्टाग्राममा आरोपको प्रतिवाद गर्दै अमेजन जंगल बचाउन ब्राजिली जनतालाई आफ्नो समर्थन रहेको बताए । 

‘यी अपूरणीय वातावरण प्रणालीहरूको भविष्य दाउमा परेको छ र तिनलाई संरक्षण गर्ने समूहहरूसँग उभिन पाउँदा म गौरवान्वित छु,’ उनले लेखे । ‘गैससहरू समर्थनका लागि योग्य छन् तर भनिएका संस्थाहरूलाई हामीले पैसा दिएका छैनौं ।’

ग्लोबल वाइल्डलाइफ कन्जर्भेसन र आईयूसीएन स्पिसिज सर्भाइभल कमिसन अमेजनमा काम गरिरहेका दुई ठूला वातावरणीय संस्था हुन् । दुवै संस्थाले वक्तव्य जारी गरेर बोल्सोनारोका आरोपको भर्त्सना गरेका छन् यद्यपि उनीहरूले उनको नामै चाहिँ किटेका छैनन् ।

सीएनएनबाट
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x