चैत २७, २०८०
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
मंसिर १६, २०७६
कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६/०७७ को पहिलो चौमासिक अर्थात् साउनदेखि कात्तिक महिनासम्म १.६१% बजेट मात्रै खर्च गरेको छ
पूँजीगत (विकास) तर्फ ०.३५% खर्च गरेको प्रदेश सरकारले चालूतर्फ ३.६८% बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय कर्णाली प्रदेशका लेखा अधिकृत यमुना श्रेष्ठले जानकारी दिइन् ।
पूँजीगततर्फ पहिलो चौमासिकमा ७ करोड ४४ लाख १४ हजार ४६८ रुपैयाँ खर्च गरेको सरकारले चालूतर्फ ४७ करोड ९७ लाख १६ हजार ७३३ रुपैयाँ खर्च गरेको छ ।
प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि ३४ अर्ब ३३ करोड ५१ लाख ८१ हजार रुपैयाँ बजेट विनियोजन गरेकोमा चालूतर्फ १३ अर्ब ४ करोड १४ लाख ९ हजार तथा पूँजीगततर्फ २१ अर्ब २९ करोड ३७ लाख ७२ हजार रुपैयाँ छुट्याएको छ ।
सबैभन्दा बढी बजेट खर्च सामाजिक विकास मन्त्रालयले गरेको छ । मन्त्रालयले १८ करोड ८८ लाख ६२ हजार रुपैयाँ खर्च गरेकोमा चालूतर्फ १४ करोड ७३ लाख ८१ हजार ९२८ र पूँजीगततर्फ ४ करोड १४ लाख ८० हजार ९५९ रुपैयाँ खर्च गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले ११ करोड ५६ लाख ५९ हजार ४१९ रुपैयाँ खर्च गरेकोमा चालूतर्फ ११ करोड ४२ लाख १७ हजार ७३५ रुपैयाँ तथा पूँजीगततर्फ १४ लाख ४१ हजार ६८४ रुपैयाँ मात्रै खर्च गरेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पहिलो चौमासिकमा ७ करोड ५८ लाख १३ हजार १६१ रुपैयाँ खर्च गरेकोमा चालूतर्फ ७ करोड ६ लाख ५७ हजार ८११ रुपैयाँ र पूँजीगततर्फ ५१ लाख ५५ हजार ३५० रुपैयाँ खर्च गरेको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयले ६ करोड ८५ लाख ४० हजार ९८५ रुपैयाँ खर्च गरेकोमा चालूतर्फ ५ करोड १९ लाख २७ हजार ९१० रुपैयाँ तथा पूँजीगततर्फ १ करोड ६६ लाख १३ हजार ७५ रुपैयाँ खर्च गरेको छ ।
प्रदेश सभाले ३ करोड २७ लाख ३७ हजार ४५२ रुपैयाँ खर्च गरेकोमा चालूतर्फ ३ करोड १९ लाख ५५ हजार ४९५ रुपैयाँ र पूँजीगततर्फ ७ लाख ८१ हजार ९५७ रुपैयाँ खर्च गरेको जनाइएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २ करोड ७० लाख ९७ हजार ९४६ रुपैयाँ खर्च गरेकोमा चालूतर्फ २ करोड ५२ लाख १७ हजार १५० रुपैयाँ र पूँजीगततर्फ १८ लाख ८० हजार ७९६ रुपैयाँ खर्च गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले २ करोड ४ लाख ९१ हजार २९८ रुपैयाँ खर्च गरेकोमा चालूतर्फ १ करोड ५६ लाख ३६ हजार ३ रुपैयाँ र पूँजीगततर्फ ४८ लाख ५५ हजार २९५ रुपैयाँ खर्च गरेको कार्यालयले जनाएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले १ करोड ९० लाख ७३ हजार ७९३ रुपैयाँमध्ये चालूतर्फ १ करोड ७० लाख ६७ हजार ४९६ रुपैयाँ र पूँजीगततर्फ २० लाख ६ हजार २९७ रुपैयाँ खर्च गरेको छ ।
कर्णाली प्रदेश योजना आयोगले ३२ लाख ८९ हजार ७९४ रुपैयाँ खर्च गरेकोमा चालूतर्फ ३० लाख ९० हजार ७३९ रुपैयाँ र पूँजीगततर्फ १ लाख ९९ हजार ५५ रुपैयाँ खर्च गरेको लेखा अधिकृत श्रेष्ठले बताइन् । मुख्य न्यायाधीवक्ताको कार्यालयले २५ लाख ६४ हजार ४६६ रुपैयाँ चालू खर्च गरेको छ ।
प्रदेश सरकारको सबैभन्दा धेरै बजेट भएको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव रामआधार शाहले अहिले १० वटै जिल्लामा कार्यालय खोलिएको र अब बिस्तारै कामले गति लिने दाबी गरे । ‘विगतमा ३–४ वटा कार्यालयले हेर्नुपरेकोमा अहिले हरेक जिल्लामा कार्यालय व्यवस्थापन गरेका छौं । प्राविधिक जनशक्तिको पनि नियुक्ति गर्न लागेका छौं,’ उनले भने, ‘अब काम गर्ने र बजेट खर्च गर्ने आधार तयार भएको छ । गाडी गुड्न तयार छ, एक्सिलेटर थिच्न मात्रै बाँकी छ ।’ उनले ठेक्का आह्वान गर्ने काम भइरहेको बताउँदै अब पूँजीगत खर्च बढ्ने दाबी गरे ।
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...
नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...
विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...