×

NMB BANK
NIC ASIA

उपनिर्वाचन समीक्षा

उपनिर्वाचनमा कसलाई कति फाइदा, कसलाई कति घाटा ? यस्तो छ चुनावी गणित

नेकपाबाट महत्त्वपूर्ण नतिजा खोसेको कांग्रेसले आफ्ना अधिकांश सीट जोगाउन सकेन

मंसिर १६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा रिक्त पदहरूमा पदपूर्तिका लागि यही मंसिर १४ गते सम्पन्न उपनिर्वाचनमा प्रमुख सत्तारुढ दल नेकपा हावी देखिएको छ, यद्यपि उसले केही महत्त्वपूर्ण स्थानमा कांग्रेसलाई नतिजा सुम्पिएको छ ।

Sagarmatha Cement
Muktinath Bank

५२ पदका लागि भएको निर्वाचनमा नेकपाले ३०, कांग्रेसले १३, समाजवादी पार्टीले ४, राजपाले ३, राष्ट्रिय जनमोर्चा (वाम गठबन्धन)ले १ र स्वतन्त्र (नेकपा बागी)ले १ स्थानमा जीत हात पारेका छन् । निर्वाचन आयोगले उपनिर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरिसकेको विज्ञप्तिमार्फत जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रिक्त ५२ स्थानमा अघिल्लोपटक नेकपाले २८ र कांग्रेसले १४ स्थानमा जीत हात पारेका थिए । संख्यात्मकरूपमा हेर्दा यसपटक नेकपाले २ पद फाइदा गर्दा कांग्रेसले १ स्थान गुमाएको देखिएपनि गुणत्मकरूपमा भने नेकपाले घाटा व्यहोरेको छ ।


Advertisment
Nabil box
Kumari

५२ मध्ये २३ स्थानको नतिजा यसपटक अर्को पार्टीको पोल्टामा गएको देखिन्छ ।

Vianet communication
Laxmi Bank

भक्तपुर क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र नम्बर (१) र धरान उपमहानगरपालिका प्रमुखमा व्यहोरेको हार नेकपाका लागि निकै निराशाजनक छ । यस्तै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र चितवन ३ अन्तर्गत पर्ने भरतपुर महानगरपालिका वडा नम्बर १६ र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको गृहजिल्ला स्थित घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा वडाध्यक्ष पदमा व्यहोरेको पराजय पनि सांकेतिक रूपमा नेकपालाई ठूलै पाठ बनेको छ ।

अघिल्लोपटक तत्कालीन एमाले उम्मेदवारले जितेका यी सबै स्थानमा यसपटक कांग्रेसले बाजी मारेको छ । 

१९ स्थानमा साख जोगाएको नेकपाले ११ पद खोस्यो

यसपटक प्रतिनिधि सभामा १, प्रदेश सभामा १, गाउँपालिका अध्यक्षमा १ र वडाध्यक्षमा १६ गरी १९ स्थानमा साख जोगाएको नेकपाले कांग्रेसले पहिला जितेका ९ पद आफ्नो पोल्टामा पारेको छ, जसमा एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ७ वडाध्यक्ष छन् ।

नेकपाले राजपाबाट एक गाउँपालिका अध्यक्ष र विप्लव निकट स्वतन्त्र उम्मेदवारले जितेको एक वडामा पनि नतिजा आफ्नो पक्षमा पारेको छ ।

त्यसो त उसले एक प्रदेश सभा सदस्य, एक उपमहानगर प्रमुख र ६ वटा वडा कांग्रेस तथा एउटा वडा समाजवादी पार्टीलाई सुम्पिएको छ ।

चार्ट हेर्नुहोस्, नेकपाको जीतको गणित:

कांग्रेसले गुमाएर नेकपाले जितेका

१. फाल्गुनन्द गाउँपालिका, पाँचथर (अध्यक्ष)
२. खार्पुनाथ गाउँपालिका, हुम्ला (उपाध्यक्ष)
वडाध्यक्षहरू:
३. मेल्लेख गाउँपालिका– ५ अछाम (वडाध्यक्ष)
४. त्रिवेणी गाउँपालिका– १ बाजुरा (वडाध्यक्ष)
५. कोहलपुर नगरपालिका– ६ बाँके (वडाध्यक्ष)
६. ईन्द्रावती गाउँपालिका – ८ सिन्धुपाल्चोक (वडाध्यक्ष)
७. कल्याणपुर नगरपालिका– १२ सिरहा (वडाध्यक्ष)
८. पौवादुङ्मा गाउँपालिका– १ भोजपुर (वडाध्यक्ष)
९. फिदिम नगरपालिका– १, पाँचथर (वडाध्यक्ष)

राजपाले गुमाएर नेकपा

१. पिपरा गाउँपालिका, अध्यक्ष (महोत्तरी)

स्वतन्त्र (विप्लव निकट)ले गुमाएर नेकपा

१. थवाङ गाउँपालिका– १ रोल्पा (वडाध्यक्ष)

नेकपाले साख जोगाएका स्थान

१. कास्की क्षेत्र नं. २ (प्रतिनिधि सभा)
२. दाङ क्षेत्र नं. ३ (२) (प्रदेश सभा)
३. मकालु गाउँपालिका, संखुवासभा (अध्यक्ष)
वडाध्यक्षहरू:
४. धरान उपमहानगरपालिका– ७, सुनसरी (वडाध्यक्ष)
५. पुर्चौडी नगरपालिका– ४, बैतडी (वडाध्यक्ष)
६. पुनर्वास नगरपालिका – ३, कञ्चनपुर (वडाध्यक्ष)
७. आदर्श गाउँपालिका– २, डोटी (वडाध्यक्ष)
८. कुमाख गाउँपालिका– ५, सल्यान (वडाध्यक्ष)
९. प्यूठान नगरपालिका– २, प्यूठान (वडाध्यक्ष)
१०. ऐरावती गाउँपालिका– १ प्यूठान (वडाध्यक्ष)
११. रुरु गाउँपालिका– ६ गुल्मी (वडाध्यक्ष)
१२. बौदीकाली गाउँपालिका– ५ नवलपुर (वडाध्यक्ष)
१३. सुन्दरबजार नगरपालिका – २ लमजुङ (वडाध्यक्ष)
१४. बडिगाड गाउँपालिका– २ बाग्लुङ (वडाध्यक्ष)
१५. दक्षिणकाली नगरपालिका– ३ काठमाडौं (वडाध्यक्ष)
१६. धुलिखेल नगरपालिका – २ काभ्रेपलाञ्चोक (वडाध्यक्ष)
१७. उमाकुण्ड गाउँपालिका– ५ रामेछाप (वडाध्यक्ष)
१८. साकेला गाउँपालिका– ३ खोटाङ (वडाध्यक्ष)
१९. खाँदबारी नगरपालिका– ३, संखुवासभा (वडाध्यक्ष)

वाम गठबन्धनका बागी नेकपा नेताले जितेको (पहिला राजमो)

१. ऐरावती गाउँपालिका– २ प्यूठान (वडाध्यक्ष)

****

अधिकांशमा कांग्रेसले जोगाउन सकेन साख

नेकपालाई गतिलै झट्का दिने गरी केही महत्त्वपूर्ण स्थानमा जीत हात पारेको कांग्रेसले आफूले पहिले जितेका अधिकांश क्षेत्र जोगाउन नसकेको देखिएको छ ।

कांग्रेसले यसपटक जितेकामध्ये ४ वटा वडामा मात्र साख जोगिएको छ, बाँकी सबै अन्यले जितेका क्षेत्रमा नतिजा उल्ट्याएको हो ।

कांग्रेसले नेकपाबाट एक प्रदेश सभा सदस्य, एक उपमहानगर प्रमुख र ६ वडाध्यक्षको नतिजा खोस्दा नेकपालाई एक गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ७ वडाध्यक्ष सुम्पिएको छ ।

चार्टमा हेर्नुहोस्, कांग्रेसको जीतको गणित :

नेकपाले गुमाएर कांग्रेसले जितेका ८ स्थान

१. भक्तपुर निर्वाचन क्षेत्र १ प्रदेश सभा (१) (कांग्रेस विजयी)
२. धरान उपमहानगरपालिका, सुनसरी, प्रमुख (कांग्रेस विजयी)
वडाध्यक्षहरूः
३. भरतपुर महानगरपालिका– १६, चितवन (कांग्रेस विजयी)
४. घोराही उपमहानगरपालिका– १६, दाङ (कांग्रेस विजयी)
५. दोगडाकेदार गाउँपालिका– ४, बैतडी (कांग्रेस विजयी)
६. धनपालथान गाउँपालिका– २, मोरङ (कांग्रेस विजयी)
७. हिलिहाङ गाउँपालिका– ७, पाँचथर (कांग्रेस विजयी)
८. मालारानी गाउँपालिका– ३ अर्घाखाँची (कांग्रेस विजयी)

राजपाबाट कांग्रेस

१. गढीमाई नगरपालिका– २, रौतहट

कांग्रेसले साख जोगाएका स्थान

१. सूर्यना गाउँपालिका– १, बैतडी (वडाध्यक्ष)
२. खैरहनी नरपालिका– ४, चिवतन (वडाध्यक्ष)
३. खैरहनी नरपालिका– ५, चिवतन (वडाध्यक्ष)
४. बलवा नगरपालिका– २ महोत्तरी (वडाध्यक्ष)

****

मधेशी दलतर्फ समाजवादी पार्टीले ४ र राजपाले ३ वटा वडामा जीत हात पारेका छन् । समाजवादी पार्टीले २ स्थानमा साख जोगाउँदा एक–एक वडा नेकपा र कांग्रेससँग खोसेको छ भने गाउँपालिका अध्यक्ष नेकपालाई सुम्पिएको राजपाले २ वडामा साख जोगाएर एक वडा बोनसमा प्राप्त गरेको छ । पहिला स्वतन्त्र उम्मेदवारले जितेको उक्त वडा यसपटक राजपाले जितेको हो ।

समाजवादी पार्टी

१. सखुवा प्रसौनी गाउँपालिका– ५ पर्सा (साख जोगाएको)
२. बारागढी गाउँपालिका– १ बारा (पहिला कांग्रेस)
३. हरिपूर्वा नगरपालिका– १ सर्लाही (पहिला एमाले)
४. बलवा नगरपालिका– ८ महोत्तरी (साख जोगाएको)

राष्ट्रिय जनता पार्टी (राजपा)

१. मटिहानी नगरपालिका– ६ महोत्तरी (साख जोगाएको)
२. छिन्नमस्ता गाउँपालिका– ७ सप्तरी (साख जोगाएको)
३. शिवराज नगरपालिका– १० कपिलवस्तु (पहिला स्वतन्त्र)

यसका अलावा नेकपाको सहयोगमा बाग्लुङमा प्रदेश सभा सदस्य सीट राष्ट्रिय जनमोर्चा उम्मेदवारले जितेका छन् भने प्यूठानमा एउटा वडा नेकपाले राजमोलाई छाडे पनि नेकपाका बागी उम्मेदवारले बाजी मारेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर १०, २०८०

सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

मंसिर १९, २०८०

कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x