×

NMB BANK
NIC ASIA

पुलिस रिपोर्ट बनाउन लाइन बस्ने दिनको अन्त्य, अनलाइनबाटै फर्म भर्न सकिने

मंसिर १७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

पुलिस रिपोर्ट लिन घण्टौं लाइन बस्न नपर्ने भएको छ । नेपाल प्रहरीले पुलिस रिपोर्टका लागि आइतवार (मंसिर १५ गते)देखि पूर्णरूपमा अनलाइन सिस्टम लागू गरेको हो ।

Muktinath Bank

पुलिस रिपोर्ट बनाउनका लागि धेरै खर्च गरेर काठमाडौंसम्म आइपुग्नुपर्ने र घण्टौंसम्म लाइन बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्न लागि अनलाइन सिस्टम ल्याएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पोखरलेले भने, ‘घण्टौंसम्म लाइन बस्ने बाध्यतालाई अन्त्य गर्नका लागि नेपाल प्रहरी दिवसको दिनबाट अनलाइन गर्ने घोषणा गरेका थियौं, आइतवारदेखि पूर्णरूपमा लागू भएको हो ।’


Advertisment
Nabil box
Kumari

पुलिस रिपोर्टको लागि अनलाइन फर्म भर्ने तरिका  opcr.nepalpolice.gov.np मा जाने अथवा नेपाल प्रहरीको बेवसाइटमा गएपछि दायाँतर्फ पुलिस क्लिरेनस रजिस्ट्रेसन सिस्टम अनलाइन अप्लाइमा क्लिक गर्नुपर्ने हुन्छ ।

Vianet communication
Laxmi Bank

त्यसपछि एउटा डाइलग बक्स खुल्छ, जसमा पहिले नै रजिस्ट्रेसन भएको खण्डमा इमेल र पासवर्ड हान्ने यदि पहिले रजिस्ट्रेसन भएको छैन भने रजिस्ट्रेसन गर्न सकिन्छ ।

दोस्रो चरणमा नेपाली र विदेशी छान्नका लागि विकल्पहरू देखिन्छन्, नेपालीले आईएम नेपालीमा क्लिक गर्नुपर्ने हुन्छ ।

त्यसपछि अर्को चरणमा आफ्नो नाम, थर, लिंग, फोन नम्बर र इमेल आईडी राखेर क्याप्चा नम्बर राखी रजिस्ट्रेसन गर्न सकिन्छ ।

रजिस्ट्रेसन भइसकेपछि तपाईंको मोबाइल र इमेल आईंडीमा केही समयको लागि पासवर्ड उपलब्ध हुन्छ, जुन पासवर्ड आफूले आफ्नो नयाँ पासवर्ड बनाइसक्दासम्म मात्र काम लाग्छ ।

त्यसपछि नयाँ पासवर्ड बनाउनका लागि डाइलग बक्स खुल्छ, त्यसमा नयाँ आफूले चाहेको पासवर्ड बनाउन सकिन्छ ।

आफूलाई उपलब्ध भएको पासवर्डले रजिस्ट्रेसनको प्रक्रिया खुल्छ, त्यसपछि आफ्नो सम्पूर्ण विवरण राख्ने ५ चरणको डाइलग बक्स खुल्छ ।

पहिलो चरणमा आफ्नो नामथर, बुवाआमाको नाम थर, जन्म मिति र फोटो राख्नुपर्ने हुन्छ । फोटो ३.५ सेन्टीमिटर र ४.५ सेन्टिमिरमा क्रप गरेर राख्नुपर्ने हुन्छ ।

अन्तिममा केका लागि पुलिस रिपोर्ट लिने खुलाउनुपर्ने हुन्छ ।

दोस्रो चरणमा नागरिकताको विवरण भर्ने ठाउँ आउँछ जसमा पुरानो र नयाँ नागरिकताको आधारमा एउटाबाट भर्न सकिन्छ ।

अर्को डाइलग बक्समा आफू रहेको देश कुन त्यस ठाउँको ठेगाना राख्नुपर्ने हुन्छ ।

तेस्रो चरणमा नागरिकता र पासपोर्टका फोटो अफलोड गर्नुपर्ने हुन्छ ।

चौथो चरणमा अपराधिक इतिहासको बारेमा राख्नुपर्ने हुन्छ यदि छ भने यस र छैन भने नो भन्ने विकल्पमा क्लिक गर्नुपर्ने हुन्छ ।

अन्तिम चरणमा तपाईंले भरेको सम्पूर्ण विवरण देखाउँछ यदि नमिलेको खण्डमा सच्याउन पाइन्छ । यदि ठीक छ भने क्याप्चा दिएर रजिस्ट्रेसन गर्न सकिन्छ । 

रजिस्ट्रेसन गरिकेपछि तपाईंलाई एप्लिकेसन नम्बर आउँछ । 

फर्म भरेको ३ दिनपछि नेपाल प्रहरीको केन्द्रीय कार्यलयको चालचलन शाखाबाट पुलिस रिपोर्टको सक्कल लिन सकिन्छ ।

सफ्ट कपी भने तपाईंको आईडीमै उपलब्ध हुने चालचलन शाखाका प्रहरी नायब निरीक्षक निर्मल दुलालले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x