राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति अध्यक्षमा निर्मलहरि अधिकारी

राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समिति अध्यक्षमा नेपाल सरकारका पूर्वसहसचिव निर्मलहरि अधिकारी नियुक्त भएका छन् ।

नेपाल सरकारको निर्णयअनुसार उनी बैंक सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका हुन् ।


Advertisement

अर्थमन्त्रालयमा लामोसमय काम गरेका अधिकारीले पछिल्ला वर्षका अधिकांश बजेट लेखन र कार्यान्वयनमा विज्ञता हासिल गरेका छन् ।

उनी गत असोजमा मात्र अर्थ मन्त्रालयबाट सेवानिवृत्त भएका थिए । 


Advertisement

अर्थ मन्त्रालयभित्र बजेटका सम्बन्धमा अधिकारीसँग मन्त्री र सचिवहरूले समेत परामर्श लिने गरेका थिए ।

अधिकारी यसअघि अर्थ मन्त्रालयको तर्फबाट बैंक सञ्चालक समितिको सदस्य थिए । 

पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले गत आर्थिक वर्षमा सर्वाधिक नाफा कमाएको थियो ।

चालू आर्थिक वर्षको पहिलो चौमासिकमा पनि बैंकको नाफा वाणिज्य बैंकहरूमध्ये सर्वाधिक छ । 
 

कमेन्ट गर्नुहोस्