कालापानी अतिक्रमणविरुद्ध बुटवलमा हस्ताक्षर अभियान शुरू

अनेरास्ववियू बुटवल बहुमुखी क्याम्पसले कालापानी र लिपुलेकको विषयलाई लिएर हस्ताक्षर अभियान चलाएको छ । 

नेकपाको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (अनेरास्ववियू) ले भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक, लिम्पियाधुराको पक्षमा जनदबाबका लागि भारत सरकारविरुद्ध हस्ताक्षर अभियान बुटवल बहुमुखी क्याम्पसमा शुरू गरेको बुटबल बहुमुखीका अध्यक्ष भरत अर्यालले बताए । 


Advertisement

भारतको विस्तारवादी रवैयाविरुद्ध मंगलवार अनेरास्ववियूले विरोध जनाउँदै जनदबाब दिनका निम्ति देशव्यापी कार्यक्रम गरेको अर्यालले बताए । प्रत्येक क्याम्पसबाट हस्ताक्षर संकलन गरेर अनेरास्ववियू केन्द्रले भारतीय राजदूतावासमा बुझाउने जनाइएको छ ।

हस्ताक्षर कार्यक्रममा अनेरास्ववियू रुपन्देही जिल्ला अध्यक्ष लेखनाथ खनाल, अखिल क्रन्तिकारी रुपन्देही जिल्ला संयोजक रुपेश पौडेल, अनेरास्ववियू जिल्ला कमिटी सहसचिव शेषकान्त पोखरेल, अनेरास्ववियू जिल्ला कमिटी सदस्य नविन थापा सारु, जिल्ला कमिटी सदस्य भरत अर्याल, टेकराज रेग्मी लगायतले संयुक्त रुपमा हस्ताक्षर गरी अभियान सञ्चालन गरेका छन् ।


Advertisement

कमेन्ट गर्नुहोस्