नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ग्राहकलाई उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने कार्यलाई निरन्तरता दिनका लागि मंसिर १९ देखि २१ गतेसम्म चौथौं टाटा मोटर्स ग्लोबल सर्भिस क्याम्प २०१९ को आयोजना गर्दैछ ।
ग्राहकसम्म पुग्ने ३ दिने क्याम्प नेपालभर रहेका सिप्रदीका ५३ वटा सर्भिस वर्कशपहरूमा आयोजना हुँदैछ ।
सर्भिस क्याम्पमा टाटा मोटर्सका कमर्सियल गाडीहरूका ग्राहकहरूले निःशुल्क गाडीको अवस्थाको जाँच, विशेष योजनाका साथै अन्य सेवाहरू प्राप्त गर्नेछन् । ३ दिने सर्भिस क्याम्पमा टाटा जेन्युइन स्पेयर पार्टहरू, म्याक लुब्रिकेन्ट, एक्साइड ब्याट्रीमा आकर्षक डिस्काउन्टहरू सार्वजनिक गरिनेछ । यी अफर र योजनाका साथै ग्राहकका लागि थप रिक्रिएस्नल कार्यक्रमहरूको व्यवस्था गरिएको छ ।
सिप्रदीले आफ्नो सामाजिक उत्तरदायित्वको हिस्साअन्तर्गत निःशुल्क स्वास्थ्य जाँच तथा निःशुल्क आँखा जाँचको पनि आयोजना गर्दैछ । यसका साथै सिप्रदीले आफूलाई सहयोग पुर्याएका आफ्ना ग्राहकलाई विभिन्न विधाअन्तर्गत सम्मान पनि गर्दैछ ।
क्याम्पमा टाटा मोटर्सका केही नयाँ कमर्सियल गाडीहरू पनि सार्वजनिक हुनेछ । ३ दिने ग्लोबल सर्भिस क्याम्पमा उपलब्ध आकर्षक सेवाहरू यसप्रकार छन् –
– निःशुल्क ४७ पोइन्ट्स चेकअप
– निःशुल्क कम्प्युटर डाइगनोसिस
– निःशुल्क इलेक्ट्रिकल तथा ब्याट्री परीक्षण
– निःशुल्क एफआईपी परीक्षण
– निःशुल्क टायर परीक्षण
– निःशुल्क प्रदूषण जाँच
– निःशुल्क लन्च सुविधा
– गेम तथा मनोरञ्जनात्मक गतिविधिहरू
– दैनिक लक्की ड्र तथा मोबाइलफोन जित्ने मौका
– बम्पर लक्की ड्र
क्याम्पमा सहभागी हुन ९८०१२२३३०० नम्बरमा मिस कल दिई आफ्नो गाडी दर्ता गर्न सकिने जनाइएको छ ।
लोकान्तर संवाददाता