×

NMB BANK
NIC ASIA

साग खेलकुद

सागमा पत्रकारलाई प्रहरीबाट गेटमै अवरोध, भन्छन्- माथिको आदेश छ भित्र छिर्न दिँदैनौं !

मंसिर १७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं-१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को मंसिर १५ गते भव्य समारोहबीच उद्घाटन भयो । उद्घाटन समारोह हेर्नेहरूले प्रस्तुति र रंगशालाको परिवर्तनलाई लिएर 'आहा' भने । उद्घाटन समारोह भव्य भयो तर गञ्जागोल भने छरप्रस्ट भयो । 

Sagarmatha Cement
Muktinath Bank

गञ्जागोल हो- पत्रकारहरूलाई खेलको रिपोर्टिङ गर्न बाधा पुर्‍याउनु । यसैबीच मंगलवार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भुटानबीच पुरुष फूटबल भयो । जसमा नेपालले भुटानलाई ४-० मा पाखा लगायो । यतिबेलासम्म माहोल ठीकै थियो । माहोल पूरै बिग्रियो, महिला भलिबलको खेलमा । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अपरान्ह ४ बजे महिला भलिबलको फाइनल नेपाल र भारतबीच राखेप कभर्ड हलमा हुँदै थियो । खेल पत्रकारहरू फूटबल र अन्य खेलको रिपोर्टिङ गरेर फर्केका थिए । पत्रकारको हुल महिला भलिबलको रिपोर्टिङ गर्न भित्र पस्न खोज्यो । गेटमा रहेका प्रहरीहरूले रोक्दै भने, 'तपाईंहरूको जस्तो कार्ड त हामीसँग पनि छ ।  माथिको आदेश छ भित्र जान दिँदैनौं ।'


Advertisment
Nabil box
Kumari

हुलमुल भएका कारण कुनै प्रहरी अधिकारीको नाम र पदबारे लेख्न सकिएन । 

Vianet communication
Laxmi Bank

पत्रकारहरूले रिपोर्टिङ गर्नका  लागि कभर्ड हल प्रवेशका लागि 'हामी पत्रकार हौं । हामीलाई अफिसले यहाँ खटाएको छ । अब के समाचार लेख्नु ?'

कभर्ड हलमा 'मिडिया सेन्टर' छ । त्यहाँबाट कभर्ड हलभित्र जाने बाटो छ । फोटो तथा भिडियो लेखिएका हरियो ज्याकेट लगाएका केही पत्रकार र घाँटीमा ओलम्पिक कमिटीद्वारा जारी गरिएको प्रेस पास झुण्ड्याएर हल पस्न खोजे । त्यहाँ पनि प्रहरीबाटै अवरोध भयो । उत्तर एउटै आयो- आदेश मान्नैपर्‍यो । जे गरे पनि भित्र जान दिँदैनौं । 

त्यसपछि पल्लो गेटबाट छिर्न खोज्यौं । त्यहाँ त चुकुल लगाएर बसेको थियो प्रहरीको टोली । 

गेटमा बसेका एक अधिकारी थरका प्रहरी अधिकृतले सिपाहीहरूलाई ठाडै आदेश दिएर हिँडै- मेरो आदेश नआएसम्म ढोका नखोल्नु । कसैलाई पनि छिराउनै होइन । 

त्यसपछि पत्रकारहरूले सँगै राखिएको ई-सेवा काउन्टरका कर्मचारीलाई भने- तपाईंहरूले क्षमताभन्दा बढी मान्छे छिराउनुभयो । त्यसलगत्तै ई-सेवाका ती कर्मचारी भित्र छिरे । पछि उनी पनि देखिएनन् । 

पत्रकार र प्रहरीबीचको एक घण्टा लामो गलफतीपछि फोटो पत्रकारले त्यहीँ विरोध गरे हातमा बोकेको क्यामेरा उठाएर । 

क्यामेरा उठाएपछि गेटमा बसेका प्रहरीले फेरि भने- क्यामेराले केही हुन्न । 

खेल पत्रकार निराश हुँदै केही फर्के । अनि भने- अब भलिबलको समाचार लेख्न पाइएन, बाहिरको वातावरणलाई समाचार बनाउनुपर्ने भयो । यसलाई नै फिचराइज गरौं । 

धेरैले प्रहरी र पत्रकारबीचको हल छिर्ने 'लडाईं'लाई क्यामेरामा कैद गरेका छन् । भिडियो सार्वजनिक भएपछि छर्लङ्गै देख्न सकिन्छ प्रहरीको व्यवहार । 

यसैबीच 'म भलिबल एड्मिन अफिर' हुँ भन्दै एक जना गेटमा आइपुगे । भिडभाड भएकाले कार्डमा लेखिएको नाम हेर्न भ्याइएन । सँगै एनटीभीका पत्रकारले प्रहरीलाई अनुरोध गर्दै भने, 'बरू हामी पत्रकारलाई नछिराउनु । उहाँ भित्रको मान्छे हो । उहाँलाई जसरी पनि छिर्न दिनु ।' तर त्यो अनुरोध काम लागेन । उल्टै प्रहरीले जवाफ दियो, 'भित्र खाँचै पर्‍यो भने तपाईंलाई यहिँ लिन आउँछन् । आदेशबिना छिर्न दिँदैनौं । भारतीय खेलाडीलाई त छिर्न दिएनौं । पाहुनालाई त दिएनौं ।' माथिको आदेश भन्ने शब्दमा प्रहरीको दम्भ छर्लङ्गै देखिन्थ्यो । 

पत्रकारहरूले राखेपका मान्छे बोलाउनु कि छिर्न दिनु भन्दै चर्को स्वरले कुरा गरे । प्रहरीले फोटोग्राफरलाई जान दिने भयो । त्यो पनि पाँच जना । 'फोटोग्राफरले न्यूज लेख्दैनन् । समाचार कसले लेख्छ ? काम फरक हो । दिने भयो सबैलाई जान दिनु नत्र हुन्न,' भन्यौं । 

पाँच मिनेटपछि भित्र जान दिए । पहिलो गेटबाट भित्र छिर्दा युद्ध जितेभन्दा कम भएको थिएन मलाई चाहिँ । सायद अरूले पनि त्यही महसूस गरे होलान् । भित्र त पस्यौं तर खेल हेर्ने स्थानमा फेरि हामीलाई अवरोध भयो । हलमा हुटिङ चलिरहेको छ तर खेल पत्रकारले त्यो माहोल नियाल्न पाएनन् । त्यहाँ पनि प्रहरीले अवरोध खडा गरिनै रह्यो । 

'बाहिरबाट भित्र छिर्न दिइसके । तपाईंहरूले किन रोक्नुभएको ? छिर्न आदेश दिइसक्यौं भनेर भन्नुभा'छ,' मैले भनेँ । उत्तर दोहोरिरह्यो- छिराउने आदेश छैन।  

समाचार संकलन गर्न पत्रकारलाई बाधा पुर्‍याउने भए किन यो कार्ड दिएको भन्दै केही जंगिए पनि तर सुनुवाई भएन । 

सनराइज खबरका रिपोर्टर टेकेन्द्र बुढाथोकीले प्रहरीलाई पीडा सुनाउँदै थिए, 'हामी समाचार के लेख्ने ? कसरी लेख्ने ?'

प्रहरीले जवाफ फर्कायो- बस्ने ठाउँ छैन । कसरी छिराउनु ? 

एकै स्वरमा पत्रकारहरूले भने- बस्ने ठाउँ छैन भने हामी उठेर पनि समाचार लेख्छौं । तर छिराउनुपर्‍यो ।

भलिबल संघकी एक पदाधिकारी पनि आइन् । प्रहरीले कुरा अझै सुनेन ।  

तर अन्तिममा एक जनाले गेटबाट भने, 'असई सा'प तपाईं यहाँ आउनु त । 'म माथि सचिवालयबाट आएको पत्रकारलाई छिर्न दिनु ।' अनि मात्र हामी भित्र छिर्न पायौं । 

हाम्रो र प्रहरीबीचको गलफती कति लामो भएको थियो कि भित्र छिर्दा एक सेटको खेल सकिसकेको थियो ।

तर भित् छिरेपछि बाहिरको अवरोध, प्रहरीको व्यवहार पूरै बिर्साउने खेल प्रदर्शन र दर्शकको उपस्थिति थियो । 

भारतलाई पराजित गरेको समाचार लेख्न नपाइए पनि नेपाली महिला भलिबल खेलाडीहरूको प्रदर्शनले मन भने जित्यो । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

मंसिर ३, २०८०

अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x