२६ जेठ २०८३, मंगलबार

प्रधानमन्त्री ओलीको मृर्गाैला प्रत्यारोपणबारे नेकपामा छलफल : के भयो निर्णय ?

मंसिर १८, २०७६
प्रधानमन्त्री ओलीको मृर्गाैला प्रत्यारोपणबारे नेकपामा छलफल : के भयो निर्णय ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएकाले मिर्गाैला प्रत्यारोपण चिकित्सकको सल्लाहमा गर्ने निर्णय गरेको छ । 

पार्टी मुख्यालय धूम्बाराहीमा बुधवार बसेको सचिवालय बैठकले उनको मिर्गाैलाको डाइलोसिस भइरहेकाले मिर्गौला प्रत्यारोपणबारे चिकित्सकसँग सल्लाह गर्ने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि सञ्चारकर्मीलाई जानकारी दिए ।

‘महाराजगञ्जस्थित ‘मनमोहन ‘काडियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा प्रधानमन्त्रीको स्वास्थ्य अहिलेको शल्यक्रिया गरिएको एपेन्डिसाइटिसको घाउ निको हुने क्रम रहेको छ,’ उनले भने, ‘मिर्गौलाको आवश्यकता अनुसार डाइलोसिसको प्रक्रिया पनि जारी रहेको छ । यसपछि के गर्ने भन्ने कुरा उपचारको प्रक्रियाबाट पूरै निस्केपछि चिकित्सकको परामर्शमा निर्णय लिइने छ ।’

सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको मंसिर १० गते सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । 

सचिवालय बैठकमा हालै सम्पन्न भएको उपनिर्वाचनमा समीक्षा तल्लो तहका कमिटीबाट समीक्षात्मक प्रतिवेदन प्राप्त भएपछि मात्र गर्ने निर्णय गरेको छ । 

‘अहिलेसम्म औचपारिकरुपमा कहीँबाट पनि घात अन्तरघातको जानकारी प्राप्त भएको छैन तर औपचारिक समीक्षा आगामी बैठकबाट निर्वाचनमा भएका जिल्ला, स्थानीय तह र वडा कमिटीले पठाएको समीक्षात्मक प्रतिवेदन प्राप्त भएपछि गर्नेछौं,’ उनले भने ।

ती कमिटीलाई बैठकले प्रतिवेदन पठाउन निर्देशनसमेत दिएको छ । नेकपाले सचिवालयको अर्को बैठक आगामी मंसिर २३ गते बिहान ९ बजे पार्टी मुख्यालय धूम्बाराहीमा राखेको छ ।

उनका अनुसार बैठकमा उपनिर्वाचनको औपचारिक समीक्षा, पार्टी संगठनात्मक एकीकरणको बाँकी कामबारे छलफल र निर्णय, पार्टीको कार्ययोजना तय र स्थायी कमिटी तथा केन्द्रीय कमिटी बैठक बोलाउने बारेमा आवश्यक निर्णय लिने छ ।  

दाङ घोराही उपमहानगरपालिका विद्रोही उम्मेदवार उठेकालाई तत्कालै कारवाही गरेर निष्कासन गरेको उनले जानकारी गराए । नेकपाले मंसिर १४ गते भएको उपनिर्वाचनमा आफूले पहिले जितेको धरान उपमहानगरपालिकाको प्रमुख र भक्तपुर क्षेत्र नम्बर १ (क)को प्रदेशसभा सदस्य गुमाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्