सेलेब्रिटी बिरालो लिल बबको मृत्यु

एजेन्सी- इंस्टाग्राममा सेलेब्रिटी बनिसकेको अमेरिकाको ८ वर्षीया बिरालो लिल बबको मृत्यु भएको छ ।

इंस्टाग्राममा उक्त बिरालोको २४ लाखभन्दा बढी फलोअर्स थिए । माइक ब्रिडावस्कीले सोमवार आफ्नो बिरालोको मृत्यु भएको जानकारी दिए ।


Advertisement

ब्रिडावस्कीले लिल बबलाई करीब दुई महिनाको उमेरमा भेट्टाएका थिए । लिल बबमाथि 'लिल बब एन्ड फ्रेन्ड्ज' नामक डकुमेन्ट्रीसमेत बनिसकेको छ ।

सामाजिक सञ्जालमा सबैभन्दा पहिलो फोटो दुई महिनाको उमेरमा सार्वजनिक भएको थियो ।


Advertisement

लिल बब यति चर्चित थियो कि उसको मालिक माइक ब्रिडावस्कीले उसको फोटोवाला टी-शर्ट, क्यालेन्डरहरू बेच्न शुरू गरेका थिए । ती सामग्री बेचेर आएको पैसा एनिमल रेस्क्यू ग्रुपलाई दिने गरेको ब्रिडावस्कीले बताए ।

कमेन्ट गर्नुहोस्