२६ जेठ २०८३, मंगलबार

स्मिथलाई पछि पार्दै 'नम्बर वान' टेस्ट क्रिकेटर बने विराट

मंसिर १८, २०७६
स्मिथलाई पछि पार्दै 'नम्बर वान' टेस्ट क्रिकेटर बने विराट

एजेन्सी-भारतीय क्रिकेट टीमका कप्तान विराट कोहली टेस्ट बरियतामा शीर्षस्थानमा उक्लन सफल भएका छन् ।

आईसीसीले हालै सार्वजनिक गरेको र्‍याङ्किङमा विराट कोहली ९२८ रेटिङका साथ शीर्षस्थानमा उक्लिएका हुन् ।

त्यस्तै बरियताको दोस्रो स्थानमा अस्ट्रेलियाका क्रिकेटर स्टिभ स्मिथ रहेका छन् । उनको ९२३ रेटिङ छ ।

ब्याटिङ बरियतामा न्युजिल्याण्डका कप्तान तेस्रो स्थानमा छन् । उनको ८७७ रेटिङ छ ।

salt training

कमेन्ट गर्नुहोस्