समायोजनमा देखिएको समस्या समाधान गरिन्छ : मन्त्री त्रिपाठी

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीले निजामती सेवालाई आकर्षणको थलो बनाइने बताएका छन् ।

पश्चिम नवलपरासीको विभिन्न स्थानमा बुधवार आयोजित स्वागत कार्यक्रममा सम्बोधन गर्दै उनले कर्मचारीको समायोजनमा देखिएको समस्यालाई समाधान गरिने र कर्मचारीसम्बन्धी विधेयकलाई आवश्यकता अनुसार संशोधन गरिने जानकारी दिए ।


Advertisement

मन्त्री त्रिपाठीले प्रदेश र स्थानीय तहमा निरन्तर २ वर्षसम्म बस्ने कर्मचारीलाई बढुवाको व्यस्थापन गरिने चर्चा गर्दै स्थानीय तहमा आर्थिक अनुशासन पारदर्शीतासहित बजेटको पूर्ण सदुपयोगका आधारमा केन्द्रबाट आवश्यकताअनुसार अनुदानको व्यवस्थापन गरिने बताए ।


Advertisement

कमेन्ट गर्नुहोस्