×

NMB BANK
NIC ASIA

हिंसाको कहालीलाग्दो रूप : अपांगता भएका बालबालिका भन्छन् – हिंसा थाहा छैन, कपाल तान्ने र घँचेट्ने सधैं गर्छन्

मंसिर १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

अछाम जिल्लाकी १२ वर्षीया बौद्धिक अपाङ्गता भएकी बालिकाको एक महिनाअघि करिब २० हप्ताको गर्भपतन गराइयो । आमाबुवा पनि बौद्धिक अपाङ्गता भएका र उनी आफूलाई परेको समस्या व्यक्त गर्न सक्ने अवस्थाको नभएकाले २० हप्ताको गर्भ हुँदासमेत परिवारको सदस्यले थाहा पाउन सकेनन् ।

Muktinath Bank

बालिकालाई कुकुरले टोकेपछि उनका ठूलो बुवाले रेबिजविरुद्धको सुई लगाउन अस्पताल लैजाँदा मात्र बालिका गर्भवती भएको थाहा पाएर तुरुन्त गाउँपालिकाको सहयोगमा थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग
अस्पतालमा ल्याएपछि गर्भपतन गराइएको थियो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बौद्धिक अपाङ्गता भएकी उमेर पनि मात्र १२ वर्षकी बालिका बलात्कारमा परेर गर्भवती हुन पुगेकी हुन् । ती बालिका एक प्रतिनिधि पात्र हुन्, अपाङ्गता भएका महिला कुनै न कुनै हिंसाबाट पीडित छन् । तीमध्ये पनि यौन हिंसा र शारीरिक हिंसामा धेरै परेका तथ्याङ्क सार्वजनिक भएको छ ।


Advertisment
Nabil box
Kumari

महिला हिंसाविरुद्धको १६ दिने अभियान र अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको सन्दर्भ पारेर बुधबार राजधानीमा आयोजित कार्यक्रममा नेपाल महिला सङ्घले सार्वजनिक गरेको तथ्याङ्कमा अपाङ्गता भएका ७२ प्रतिशत महिला शारीरिक हिंसामा परेको पाइएको छ ।

Vianet communication
Laxmi Bank

सङ्घका अध्यक्ष निर्मला धितालले अनुसन्धानकर्ता रीता भद्राले वुमन काइन्डको सहयोगमा काभ्रे, मोरङ र गोरखा जिल्लामा गर्नुभएको अनुसन्धानले यस क्षेत्रमा काम गर्न स्पष्ट नीति तथा कार्यक्रम बनाउन बाटो देखाएको बताइन्। सो सर्वेक्षणमा पत्ता लागेका प्रमुख विषयवस्तु र तथ्याङ्कबारे प्रस्तुति दिँदै उनले ५० प्रतिशत अपाङ्गता भएका महिलालाई जबरजस्ती यौन गतिविधिमा संलग्न गराइएको पाइएको बताएन्।

 उनले १७ प्रतिशतले यौन हिंसामा परेको, ४३ प्रतिशत यौन दुव्र्यवहार, ३९ प्रतिशत वैवाहिक बलात्कारमा परेको र २८ प्रतिशतलाई जबरजस्ती परिवार नियोजनको साधन प्रयोग गर्न लगाइएको पाइएको बताउँदै कतिपयलाई हिंसा भन्ने कुरा नै थाहा नभएको बताएको पनि बताए।

अनुसन्धानका लागि ती जिल्ला पुग्दा कतिपय अपाङ्गता भएका महिलालाई तपाईंमाथि हिंसा भएको छ भन्दा थाहा नभएको प्रतिक्रिया पाइयोे । तपाईंको कपाल तान्ने, घचेट्ने आदि गर्छन् भनेर सोध्दा त्यो त सधैँ गर्छन् भन्ने जवाफ पाइएको थियो । यसबाट अपाङ्गता भएका महिलालाई हिंसा के हो भन्नेसमेत थाहा नभएको अवस्थामा आफ्नो समस्या व्यक्त गर्न नसकेको तथ्य फेला परेको अध्यक्ष धितालले बताइन्। गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x