×

NMB BANK
NIC ASIA

सुशाशन प्रवद्धन गर्ने खालका ऐन, नीति र पारदर्शी कार्यक्रमहरू जरुरी

मंसिर १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सरल रुपमा नागरिकको घरदैलोमा सेवा पुर्‍याउने र नागरीकले बुझ्नेगरी योजना कार्यान्वयनमा लैजाने हो भने अधिकांश अनियमितता घट्ने सरोकारवालाले बताएका छन् । त्यसका लागि सुशाशन प्रवद्धन गर्ने खालका ऐन, नीति र पारदर्शी कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने उनीहरूले बताए । 

Muktinath Bank

मधेश मानव अधिकार गृहले बुधबार बुटवलमा आयोजना गरेको संघीयतामा सुशाशन विषयक छलफल कार्यक्रमका वक्ताले नागरिकको घरदैलोमा पुग्नुपर्ने सेवालाई खुम्चाउदा र नागरिकले आवश्यकता बोध नगरेका कार्यक्रम कार्यान्वयनमा जादा अनियमितता बढेको दाबी गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रमुख वक्ताका रुपमा बोल्दै पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झाले सेवा प्रवाहमा सेवाग्रही र सेवा प्रदायकको बीचमा मध्यस्थकर्ता बनाउन नहुने बताए ।


Advertisment
Nabil box
Kumari

राजनीतिक दलहरुले चुनावलाई सरल र अनुशाशित बनाउने तथा पदिय स्वार्थ नराख्ने हो भने माथिल्लो तहमा हुने भ्रष्टाचार घट्ने उनको भनाइ थियो । संघीयतामा सुशाशन विषयक छलफल भ्रष्टाचार र अनियमितता राज्यप्रणालीको उपप्रणालीका रुपमा संस्थागत हुदै गएको भन्दै उनले तीन तहकै सरकारले त्यसको नियन्त्रण अभियान चलाउनुपर्ने बताए ।

Vianet communication
Laxmi Bank

‘जनप्रतिनिधि असल नियतले प्रस्तुत हुने हो भने कर्मचारीतन्त्रबाट हुने भ्रष्टाचार रोक्न र सुशाशन कायम गर्न सकिन्छ,’ उनले भने, ‘ त्यसका लागि ऐन निर्माण र कार्यान्वयनदेखि नै ध्यान पुर्याउनुपर्छ ।’

कार्यक्रममा बोल्दै सप्रदेश सभाको आन्तरीक मामिला तथा कानुन सभापति दामा शर्माले नीतिगत भ्रष्टाचार रोक्न प्रदेश सभा सचेत भएको बताइन् । ‘कस्ता नीति, विधि र प्रक्रियाका कारण अनियमितता हुँदोरहेछ भन्ने अध्ययनमा छौं,’ उनले भनिन्, ‘यीनलाई मध्यनजर गरेर ऐन बनाउने छौं ।’

प्रदेशसभाले बनाएको सुशाशन ऐन प्रक्रियामा रहेको भन्दै उनले सरोकारवालाको छलफलद्धारा त्यसलाई पूर्णता दिने बताइन् । 

नेकपा प्रमुख सचेतक भुमीश्वर ढकालले संक्रमणकालमा मौलाएको भ्रष्टाचारको जरो संघीयता कार्यान्यनपछि पनि निमिट्यान्न नभएको बताए ।

हरेक क्षेत्रमा नीति भन्दा नियत र प्रणाली भन्दा प्रवृत्ति हावी भएको भन्दै उनले त्यसलाई रोक्न अभियान नै चलाउनु पर्ने बताए । प्रदेश सभा अहिले कानुन बनाउने कार्यान्वयन गर्ने, कार्यक्रम बनाउने र आफैले कार्यान्वयन गर्ने अवस्थामा रहेकाले सुशाशन प्रवद्धनमा भूमिका खेल्न सक्ने अवस्थामा रहेको बताए ।

‘कतिपय सरकारले गरेकै काम, अनुदान लगायतमा अनियमितता  भएका गुनासा आएका छन्,’ उनले भने, ‘हल्ला भन्दा प्रमाणका आधारमा तिनलाई प्रमाणका आधारमा कारबाही प्रक्रिया अगाडि बढाउन सरकारलाई सुझाब दिएका छौं ।’

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x