×

NMB BANK
NIC ASIA

हेटौँडा–इनरुवा २८८ किलोमिटर विद्युत् राजमार्ग निर्माण एक वर्षभित्रै

मंसिर १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

विद्युत् प्रसारणको मुख्य राजमार्ग मानिएको पूर्व–पश्चिम ४०० केभी प्रसारण लाइनअन्तर्गत हेटौँडा–इनरुवा २ सय ८८ किलोमिटर डबल सर्किट लाइन निर्माण एक वर्षभित्रै सकिने भएको छ । तीन खण्डमा निर्माण भइरहेको आयोजनाको उक्त खण्ड निर्माण एक वर्षभित्रै सकिने नेपाल विद्युत् प्राधिकरणका एक अधिकारीले बताए । 

Muktinath Bank

‘सन् २०१२÷१३ बाट अध्ययन अघि बढाइएको आयोजना एक वर्षभित्र सक्ने गरी काम भइरहेको छ,’ उनले भने । आयोजनाअन्तर्गत निर्माण गर्नुपर्ने कुल ७ सय ९२ टावरमध्ये ५ सय ८७ वटाको फाउन्डेसन निर्माण कार्य सकिएको छ । फाउन्डेसन सकिएकामध्ये ५ सय ४७ वटा टावर उठाइसकिएको छ । विश्व बैंकको करिब १६ अर्ब ऋणमा उक्त खण्ड इन्जेलिक इन्टरनेसनल लिमिटेड इन्डिया र जर्मन कम्पनी जेभीले निर्माण गरिरहेको छ । तर, मकवानपुरको थानाभर्‍याङ र हटिया, सर्लाहीको जियाजोर, सिरहाको लाहान र पडरियामा स्थानीयको अवरोधका कारण फाउन्डेसन निर्माण सुरु हुन सकेको छैन । सो स्थानहरूमा रुट परिवर्तन गर्न माग गर्दै स्थानीयले अवरोध गरिरहेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हेटौँडा–बुटवल खण्ड निर्माण तयारीमा एमसिए नेपाल 
अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को सहयोगमा स्थापना भएको एमसिए नेपालले हेटौँडा–बुटवल खण्ड ४०० केभी प्रसारण राजमार्ग निर्माणको तयारी गरिरहेको छ । लप्सीफेदी (काठमाडौं)–रातमाटे (नुवाकोट), रातमाटे–हेटौँडा, रातमाटे–दमौली र दमौली–न्यु बुटवल गरी ४ खण्डमा करिब ३ सय १३ किलोमिटर प्रसारण लाइन एमसिएले निर्माण गर्न लागेको हो । यसमध्ये हेटौँडा–रातमाटे–दमौली–न्यु बुटवल खण्ड पूर्व–पश्चिम प्रसारण राजमार्गमा पर्छ । 


Advertisment
Nabil box
Kumari

निर्माणअघिका कार्य (अध्ययन तथा डिजाइन) अघि बढिरहेको र आगामी असारदेखि निर्माण अघि बढाइने एमसिएका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले बताए । एमसिएले नुवाकोटको रातमाटेमा सोही भोल्टेजस्तरको सबस्टेसनसमेत निर्माण गर्नेछ । अमेरिकी सरकारको ५० करोड डलर र नेपाल सरकारको १३ करोड डलर गरी कुल ६३ करोड (६९ अर्ब रुपैयाँ)को कोषमध्येबाटै उक्त खण्डको प्रसारण लाइनसमेत निर्माण हुने भएको हो । नयाँ पत्रिकामा खबर छ । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x