भुटानलाई नेपालले दियो २३७ रनको विशाल चुनौती, कप्तान ज्ञानेन्द्रले जोडे शतक

दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को तेह्रौं संस्करणअन्तर्गतको खेलमा नेपालले भुटानसामु २३७ रनको विशाल चुनौती पेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २३६ रन जोड्यो ।


Advertisement

नेपाललाई विशाल योगफलतर्फ अघि बढाउने क्रममा लामो समययता फर्ममा नरहेका कप्तान ज्ञानेन्द्र मल्लले शानदार शतकीय पारी खेले ।

५३ बलको सामना गरेका ज्ञानेन्द्रले ८ छक्का र ५ चौकाको मद्दतमा १ सय रनको योगफल पूरा गरे ।


Advertisement

शतक पूरा गरेलगत्तैको बलमा छक्का प्रहार गरेका मल्ल अर्को बलमा आउट भए । ५५ बलमा ९ छक्का र ५ चौकाको मद्दतमा १ सय ७ रनको योगफल उनले जोडे ।

यसअघि पूर्वकप्तान पारस खड्का २८ बलमा ५७ रन जोडेर आउट भएका थिए । पारसले ९ चौका र १ छक्का प्रहार गरे । 

रोहितकुमार पौडेल ६ रन जोडेर आउट भएको पारीमा दीपेन्द्रसिंह ऐरीले ४५ र आरिफ शेखले ४ रनको अविजित पारी खेले ।

भुटानले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्