सनीले दिइन् सलमानलाई टक्कर

एजेन्सी- फिल्मी करिअरको कुरा गर्ने हो भने सलमान खान र सनी लियोनीबीच कुनै पनि टकराव छैन । तर एक प्लेटफर्ममा सनीले सलमानलाई टक्कर दिइरहेकी छन् ।

सन् २०१९ मा सर्वाधिक खोजी गरिएको सेलेब्रिटीहरूको नाम सार्वजनिक गरिएको छ ।


Advertisement

रिपोर्टका अनुसार पुरुष सेलेब्रिटीहरूको सूचीमा सबैभन्दा बढी खोजिनेमा बलिउड सुपरस्टार सलमान खान रहन सफल भएका छन् । त्यस्तै दोस्रो स्थानमा अक्षय कुमार रहेका छन् ।

यसै वर्ष निधन भएका अभिनेता एवं नाट्य लेखक गिरीश कर्नाडले दशौं स्थानमा रहे ।


Advertisement

सर्वाधिक खोजी गरिने महिला सेलेब्रिटीको सूचीमा बलिउड अभिनेत्री सनी लियोनी रहन सफल भइन् ।

त्यस्तै अभिनेत्रीद्वय प्रियंका चोपडा र दीपिका पादुकोण शीर्ष दशमा अटाए ।

सनी लियोनी गत वर्ष पनि गुगलमा सर्वाधिक खोजी गरिने महिला सेलेब्रिटी बनेकी थिइन् ।

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्