जेसी आँखा देख्दैनन् तर पनि चढे ४५० फीट अग्लो पहाड

एजेन्सी- ब्रिटेनका जेसी डफ्टनले स्कटल्याण्डको 'ओल्ड म्यान अफ हाय' पहाड चढ्ने पहिलो आँखा नदेख्ने पर्वतारोही बनेका छन् ।  

जेसीले ४५० फीट अग्लो पहाड ७ घण्टामा चढिभ्याए । पहाड चढ्नमा उनलाई मोली थम्पसनले सहयोग गरेका थिए । थम्पसनले उनलाई हेडसेटमार्फत 'भ्वाइस कमान्ड' दिएका थिए ।


Advertisement

जेसी र थम्पसन सन् २००४ देखि सँगै क्लाइम्बिङ गरिरहेका छन् ।

जेसीले भने, 'यो पहाड ग्रामीण भेगमा छ । त्यसैले चढ्न केही असजिलो भयो । यो समुद्रको किनारमा छ, त्यसैले मैले ओल्ड म्यान अफ हाय रोजेँ । म यस पहाड चढेर पहिलो 'ब्लाइन्ड क्लाइम्बर' बन्न चाहन्थेँ । त्यसमा म सफल भएँ ।'


Advertisement

जेसीका पिता पनि पर्वतारोही नै हुन् । जेसीले पहिलोपटक दुई वर्षको उमेरमा क्लाइम्बिङ गरेका थिए ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्