रहेनन् इंग्ल्याण्डका पूर्वकप्तान विलिस

एजेन्सी- इंग्ल्याण्डका पूर्वकप्तान तथा तीव्र गतिका बलर बोब विलिसको ७० वर्षको उमेरमा निधन भएको छ ।

बोब विलिस ८० को दशकमा इंग्ल्याण्डका कप्तान थिए । उनले सन् १९८१ मा खेलिएको ऐशेजमा शानदार प्रदर्शन गरेका थिए । बोब विलिसले आफ्नो करिअरमा ९० टेस्ट खेलमा ३२५ विकेट लिएका थिए । उनले करिअरको शुरूआत १९७०/७१ को एशेजमार्फत गरेका थिए ।


Advertisement

बोब विलिसले सन् १९८४ मा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका थिए । त्यसबेला उनी टेस्ट क्रिकेटमा सबैभन्दा बढी विकेट लिने खेलाडीको सूचीको दोस्रो स्थानमा रहेका थिए । उनीभन्दा अगाडि टेस्ट क्रिकेटमा सबैभन्दा बढी विकेट लिने खेलाडी अस्ट्रेलियाका डेनिस लिली थिए ।

विलिसका परिवार स्रोतका अनुसार उनको मृत्यु लामो समयसम्मको बिरामीको कारण भएको बताएको छ ।


Advertisement

उनको निधनमा इंग्ल्याण्ड क्रिकेट बोर्डले पनि दु:ख व्यक्त गरेको छ । बोर्डले एक विज्ञप्ति जारी गर्दै भनेको छ, 'क्रिकेटले एउटा प्यारो साथी गुमाएको छ ।'

 

कमेन्ट गर्नुहोस्