यो कम्पनीले पालिरहेछ ६०० करोड ककरोच, आखिर किन ?

ककरोच धेरैजनालाई मन नपर्ने कीरा हो तर चीनसहित कैयौं एसियाली देशमा यो तारेर खाने गरिन्छ । 

चीनको शीचाङ शहरमा एउटा औषधि कम्पनीले हरेक वर्ष ६०० करोड ककरोच पाल्ने गरेको छ । साउथ चाइना मर्निङ पोस्टअनुसार, एउटा पूरै भवन ककरोच पाल्नैका लागि बनाइएको छ । 


Advertisement

उक्त भवनको क्षेत्रफल दुई खेल मैदान बराबर छ । त्यहाँ दराजका पातला –याकहरूमा ककरोच पालिएको हो । 

ककरोचका लागि खाने पिउने व्यवस्था सबै उपलध छ । भित्र झ्वाप्प अँध्यारो हुन्छ अनि वातावरणमा गर्मी र ह्युमिडिटी कायम राखिन्छ । कीराले भवनभित्र मज्जाले घुम्न र प्रजनन गर्न पाउँछन् ।


Advertisement

उनीहरूलाई सूर्यको प्रकाशबाट टाढा राखिन्छ र भवनबाहिर जान दिइँदैन । कृत्रिम बौद्धिकता प्रणालीबाट ककरोच पालनमाथि नजर राखिन्छ । 

कम समयमा धेर ककरोच उत्पादन गर्ने लक्ष्य उक्त कम्पनीको छ । ककरोच वयस्क भएपछि तिनीहरूलाई पिँधेर शर्बत बनाइन्छ अनि औषधिका रूपमा पिइन्छ ।  बान्ता, अल्सर, सास फेर्न अप्ठ्यारो र अन्य रोगको उपचारमा यसको उपयोग गरिन्छ । 

औषधिका लागि ककरोच पालन सरकारी योजनाको अंग हो र यसको औषधि अस्पतालहरूमा पनि गरिन्छ । तर यसमाथि चिन्ता जनाउने पनि धेरै छन् ।

बेइजिङको चाइनिज एकेडमी अफ मेडिकल साइन्सका एक अनुसन्धानकर्ताले नाम नबताउने शर्तमा पोस्टलाई बताए, ‘ककरोचको शर्बत रोगहरूको रामवाण उपचार हैन ।’

एजेन्सी

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्