×

NMB BANK
NIC ASIA

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विशेष दूत बनाएर भारत पठाउने विषय बुधवार बसेको सचिवालय बैठकमा प्रवेश गर्‍यो । 

Muktinath Bank

विदेश विभाग प्रमुख रहेका नेता नेपाललाई नेपाल-भारतबीच देखिएको सीमा विवाद हल गर्न भारत पठाउने विषयलाई कूटनीतिक क्षेत्रमा विशेष चासोका साथ हेरिएको छ । गत नोभेम्बरमा भारतले सार्वजनिक गरेको राजनीतिक नक्सामा नेपालका केही भू–भाग समेटेको थियो । लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेटेर नक्सा तयार पारेपछि विभिन्न तहमा त्यसको विरोध भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सुगौली सन्धिले काली नदीभन्दा पश्चिमको भू–भाग नेपालले दाबी गर्न नपाउने उल्लेख गरेपनि भारतले जारी गरेको राजनीतिक नक्सामा कालीनदी भन्दा पूर्वका केही भू–भागहरू समेटेको छ । 


Advertisment
Nabil box
Kumari

भारतले आफ्नो नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपालको सडकदेखि सदनसम्म त्यसको जमेर विरोध गरियो । ठोस धारणा सार्वजनिक गर्न र भारतको नक्सा अविलम्ब सच्याउन कूटनीतिक पहल गर्न सरकारलाई दबाब पर्‍यो । 

Vianet communication
Laxmi Bank

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वपक्षीय बैठक बोलाएर कूटनीतिक माध्यममार्फत समस्या हल गर्ने प्रतिबद्धता जनाइसकेका छन् । पछिल्लो समयमा पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपाललाई विशेष दूतका रूपमा भारत पठाएर उच्चस्तरीय राजनीतिक तहबाटै समस्या समाधान गर्ने सरकारको प्रयासलाई प्रधानमन्त्रीले गरेको प्रतिबद्धता कार्यान्वयनसँग जोडेर हेरिएको छ । 

बुधवार नेकपाको पार्टी कार्यालय धुम्बाराहीमा बसेको सचिवालय बैठकमा नेता नेपालले आफू भारत जान तयार रहेपनि उताबाट अहिलेसम्म केही रेस्पोन्स नआएको गुनासो गरे । गत कात्तिक २८ गते बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले नेता नेपाललाई विशेष दूतका रूपमा भारत जान आग्रह गरेका थिए । 

ओली-नेपालबीच त्यतिबेलाको भेटवार्तामा भएका कुराकानी स्मरण गर्दै नेता नेपालनिकट एक नेताले लोकान्तरसँग भने, 'प्रधानमन्त्रीजीले माधव कमरेडलाई सीमाको विषयलाई उच्चस्तरीय राजनीतिक तहबाटै समाधान गर्न आफू इच्छुक रहेकाले तपाईं विशेष दूतका रूपमा भारत गइदिनुपर्‍यो भनेर आग्रह गर्नुभएको थियो । त्यसको जवाफमा नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डताका लागि आफूलाई जस्तो जिम्मेवारी दिइए पनि पूरा गर्न तयार रहेको जवाफ माधव कमरेडले दिनुभयो ।'

त्यसपछि मन्त्रिपरिषद हेरफेर हुनु, प्रधानमन्त्री आफैं बिरामी हुनुजस्ता घटनाक्रमले सीमा समस्या हल गर्ने मुद्दा पछि परेको उनले बताए । 

तयारी शून्य !

प्रधानमन्त्री आफैंले नेता नेपाललाई बोलाएर सीमा समस्या समाधान गर्न भारत जान आग्रह गरेपनि त्यसपछि भने प्रक्रिया अघि बढ्न सकेन । 

नेता नेपालनिकट स्रोतले लोकान्तरसँग भन्यो, 'कात्तिकमा प्रधानमन्त्रीसँग भएको छलफलमा यो विषयमा कुरा उठ्यो तर त्यसपछि प्रक्रिया अघि बढ्न सकेको छैन । प्रधानमन्त्रीसँग भेटघाट भएको केही दिनमा उहाँ टर्कीतिर जानुभयो । फर्किंदा प्रधानमन्त्री बिरामी हुनुहुन्थ्यो । उहाँ प्रधानमन्त्रीलाई भेट्न जानुभएको छैन र यस विषयमा कुनै छलफल भएको जानकारीमा छैन ।' 

बुधवार बसेको नेकपा सचिवालय बैठक

कात्तिक २८ पछि प्रधानमन्त्री ओलीसँग नेता नेपालको कुनै भेटघाट नभएको प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले पनि पुष्टि गरे ।

'विशेष दूत भएर भारत जाने र देखिएको समस्या हल गर्ने विषय एकदमै संवेदनशील छ,' थापाले भने, 'पूर्व प्रधानमन्त्रीका रूपमा उहाँ भारत जाने हो भने समस्याको जसरी पनि हल गरेर फिर्ता हुनुपर्छ तर प्रधानमन्त्रीसँग उहाँको कुनै कुरा हुन पाएको छैन । अब अगाडि कसरी बढ्ने भन्ने कुरा प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज भएपछि हुने छलफलले निर्धारण गर्ला ।'

पूर्वप्रधानमन्त्री नेपालको भ्रमणको तयारीका विषयमा आफूहरूलाई कुनै निर्देशन नआएको परराष्ट्रका अधिकारीहरू बताउँछन् । 'उहाँ सरकारको विशेष दूत भएर भारत जाने नै हो भने पनि त्यसको संयोजन परराष्ट्र मन्त्रालयअन्तर्गत नै हुनुपर्ने हो,' परराष्ट्रका एक अधिकारीले लोकान्तरसँग भने, 'तर अहिलेसम्म यस विषयमा हामीलाई कुनै निर्देशन या जानकारी आएको छैन । आफ्नै हिसाबले जाने हो भने हामीलाई थाहा हुने कुरा भएन, उहाँहरूलाई नै सोध्नुभयो भने डिटेल थाहा होला ।'

हल्लैहल्लामा कूटनीतिक समाधान ?

गत कात्तिक २३ गते प्रधानमन्त्रीले सीमामा देखिएको विवादबारे छलफल गर्न सर्वपक्षीय बैठक बोलाए । बैठकमा पूर्वप्रधानमन्त्रीहरू, सरकारका मन्त्रीहरू, पूर्वपरराष्ट्र मन्त्रीहरू, प्रमुख राजनीतिक दलका प्रतिनिधिहरू लगायत सहभागी थिए । 

भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भू–भाग भन्दै समेटेको विषयमा समान धारणा बनाउन बैठक बोलाइएको थियो ।

बैठकमा सरकारले नेपाल-भारतबीच कायम सबै संयन्त्रहरूलाई प्रयोग गरेर नेपाली भू-भागमाथि भारतको दाबीलाई खारेज गर्नुपर्ने सुझाव सरकारलाई दिइएको थियो । 

अहिले अस्तित्वमा रहेका संयन्त्रबाहेक उच्चस्तरीय राजनीतिक छलफल गर्न परेपनि आफू तयार रहेको प्रधानमन्त्री ओलीले प्रतिबद्धता गरे । 

बैठकको केही दिनपछि प्रधानमन्त्री ओलीले नेता नेपाललाई बालुवाटार नै बोलाएर सरकारको विशेष दूत बनेर भारत जान आग्रह गरे । नेता नेपाल तयार देखिएपनि त्यसयता यो विषयमा कुनै प्रगति भएको छैन । 

नेताहरूको जवाफ– थाहा छैन !

नेता नेपाल निकट नेताहरूले आफूलाई यसविषयमा केही थाहा नभएको बताउने गरेका छन् । स्थायी कमिटी सदस्य रघुजी पन्तले प्रधानमन्त्री र नेता नेपालबीच यसविषयमा भएको छलफलका बारेमा आफूलाई केही थाहा नभएको बताए । 

अर्का नेता वेदुराम भुसालले पनि बिरामी भएकै कारणले नेता नेपाल र प्रधानमन्त्रीबीच भेटघाट हुन नसकेको बताए । 'पार्टीभित्र विभागीय जिम्मेवारी तोकिएको छ,' भुसालले भने, 'त्यही अनुसार नेताहरूले काम गरिरहनुभएको छ ।

अस्ति भर्खर दुई अध्यक्षबीच कार्यविभाजन पनि भयो । प्रधानमन्त्री ओली बिरामी हुनुभयो, उपचार गर्दै हुनुहुन्छ । यस्तो बेलामा उहाँको कार्यशैलीलाई लिएर आलोचना गर्नु पनि हुँदैन । को भेट्न गयो, गएन भन्ने कुरा गौण विषय हो ।'
नेकपा केन्द्रीय कमिटी सदस्य जगन्नाथ खतिवडाले प्रधानमन्त्री ओली र नेता नेपालबीच के कसरी छलफल अघि बढिरहेको छ भनेर आफूलाई थाहा नभएको बताए ।

'उहाँहरूबीचमा के संवाद भइरहेको छ भन्ने मलाई जानकारी छैन,' लोकान्तरसँग कुरा गर्दै खतिवडाले भने, 'तर यो राष्ट्रिय एजेण्डा हो, यो प्रधानमन्त्रीको मात्र एकल एजेण्डा होइन । कुनै दुईजना नेताबीच असमझदारी भयो भन्दैमा यो विषयलाई अघि नबढाउने भन्ने हुँदैन । यस विषयमा ठूलो गृहकार्य गर्न आवश्यक छ । मलाई लाग्छ, यो प्रकारको राष्ट्रिय दायित्व पूरा गर्ने जिम्मेवारीलाई उहाँहरूले राम्रोसँग बोध गर्नुभएको छ ।' 

नेता नेपाल नै उदासीन !

छिमेकी देश भारतले गरेको सीमा अतिक्रमण गरेको विषयमा छलफल गर्न सामान्य तयारीले नपुग्ने नेताहरूकै धारणा छ । 'यो अरूबेलाजस्तो गएर भेटेर फर्किने विषय होइन, यसका लागि ठूलो तयारी र हिम्मत चाहिन्छ,' प्रधानमन्त्री ओलीनिकट एक नेताले भने, 'यदि माधव कमरेड जाने हो भने उहाँको टीम खै ? प्रधानमन्त्रीसँग कुरा भएको रहेछ आखिर । त्यसपछि उहाँले आफैं तयारी थाल्नुपर्ने होइन ?'

उनले नेता नेपाल आफैं अघि सर्न नसकेको तर्क गरे । 'उहाँले सरकार सञ्चालनमा सहयोग गर्नुभएको छ ? यो हिसाबले सरकारको विशेष दूत हुन उहाँ कति योग्य हुनुहुन्छ ?' उनले प्रतिप्रश्न गरे, 'यदि उहाँले साँच्चिकै यो समस्या समाधान गर्न विशेष दूतका रूपमा भारत जान चाहेको हो भने प्रधानमन्त्रीले तपाईं जानुस् भनेर भनिसक्नुभएको छ नि ! तर तयारी खै ?'

उनले नेता नेपाल प्लेनको टिकट पाउनेबित्तिकै विदेश भ्रमण गइहाल्ने गरेको आरोप लगाए । 'प्लेनको सीट खालि देख्नै हुन्न, विदेश गइहाल्नुपर्ने उहाँलाई !' आक्रोश व्यक्त गर्दै उनले भने, 'आजसम्म संसारका कति देश डुल्नुभयो, त्यसले देशलाई के फाइदा दिएको छ ? अहिले राष्ट्रिय दायित्व काँधमा आइपरेको छ, त्यसलाई हल गर्न नदिएको भनेर प्रधानमन्त्रीलाई दोष लगाउने उहाँको नियत के हो ?'

भारतसँगको पत्राचार र भेटघाट सुनिश्चित भइसकेको छैन - प्रचण्ड 

प्रधानमन्त्रीले पार्टीका वरिष्ठ नेता नेपाललाई बोलाएर सीमासम्बन्धी विषयमा कुरा गर्न भारत जानुपर्‍यो भनेर भनेको सत्य रहेको प्रचण्डले बताए । 

बिहीवार धनागढीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले भने, 'प्रधानमन्त्रीले उहाँलाई बोलाएर भारत जानुपर्‍यो भन्नुभएको साँचो हो, यो बाहिर आइसकेको छ । त्यसका निम्ति आवश्यक पर्ने प्रक्रिया, भारतसँग हुनुपर्ने पत्राचार, भेटघाटको सुनिश्चितता फाइनल भइसकेको छैन ।' 

सीमा विवादका विषयमा भारतसँग आफूले कूटनीतिक पहल गर्नुपर्छ भन्ने आफ्नो पनि मान्यता रहेको उनको भनाइ छ । 'मैले अन्तर्राष्ट्रियकरण गर्नै हुँदैन भनेको होइन, प्रक्रियाअनुसार जानुपर्छ भनेको हो,' उनले भने, 'अहिले कूटनीतिक पहल गरौँ र भएन भने बल्ल अन्तर्राष्ट्रियकरण गरौं भनेको हुँ ।'

प्रचण्डले सीमा विवादलाई अन्तर्राष्ट्रियकरण नगरौं भनेर संसद्को राज्यव्यवस्था समितिमा भनेको भन्दै उनको आलोचना हुँदै आइरहेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत १, २०८०

सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...

पुस १८, २०८०

देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...

माघ २, २०८०

आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x