×

NMB BANK
NIC ASIA

भालु आतंक बढेपछि प्रशासनको आग्रह—एक्लैदुक्लै नहिँड्नु, प्रहरी परिचालन

मंसिर १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

भालुको आतंक बढेपछि रसुवामा प्रहरी परिचालन गरिएको छ। भालुले घरघरमा पसेर त्रास फैलाउन थालेपछि  जीउज्यानको सुरक्षाका लागि सम्भावित क्षेत्रमा प्रहरी गस्ती परिचालन गरिएको हो।

Muktinath Bank

जिल्ला प्रहरी प्रमुख भाग्येन्द्रपुरूष ढकालका अनुसार  जङ्गली  पार्नाका साथै केही स्थानमा आक्रमणसमेत गरेकाले थप सुरक्षा संयन्त्र परिचालन गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नागरिकलाई भयरहित वातावरण सिर्जना गर्न मानिस हिँड्ने पैदलमार्गअन्तर्गत भालु आउने सम्भावित गौंडामा प्रहरी गस्तीसमेत व्यवस्थापन गरिएको बताइएको छ । हिमाली भेकमा चिसोपन बढिसकेकाले न्यानो स्थान खोज्दै  जङ्गली भालु बेंसीतर्फ झर्ने समय भएका कारण बिहान बेलुका एक्लैदुक्लै यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ ।


Advertisment
Nabil box
Kumari

कुनै समय यात्रा गर्नु  पर्दा थप सुरक्षा चाहिएमा जिल्ला प्रहरी कार्यालय रसुवाको शुल्क नलाग्ने फोन १०० वा ०१० ५४०१९९ मा खबर गरी पूर्ण सुरक्षित तवरले  यात्रा गर्न गराउन समुदायमाझ आग्रह गरिएको प्रहरी प्रमुख ढकालले बताए।

Vianet communication
Laxmi Bank

चालू आर्थिक वर्षको साउनदेखि हालसम्म भालुको आक्रमणबाट पाँच जना घाइते भएको तथा त्यसले बृद्धिम तथा खाम्जिम गाउँका चार घरभित्र प्रवेश गरी खाद्य सामग्री नष्ट बनाइसकेको बताइएको छ ।
  
भालुको आक्रमणबाट सशस्त्र प्रहरीका दुई, हाकु लुम्वुडाँडाकी एक वृद्धा, धुञ्चे भिमलीका एक पुरूष  र पारच्याङमा एक घाइते  भइसकेका छन् ।  हाकुको लुम्बुडाँडामा    घरमा पालिएका बाख्रासमेत  भालुले आक्रमण गरी  मारेको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।  

रसुवा जिल्लाको गोसाइँकुण्ड धार्मिकमार्ग अन्तर्गतदेउराली, खन्तीपाखो, बोकेझुण्डा, ठाडे, भिमल,पानास्युङखोलाआसपास, नागुङ, खोपाङ, भार्खु, ठूलोस्याफ्रु, ब्राबलसमेतका स्थानका जङ्गलमा भालुले बास स्थान लिने क्षेत्र रहेको बताइएको छ ।

यसै गरी बृद्धिम, टिमुरे, खैदी, थुमन, चिलिमे, गतलाङ, हाकु, तिरू, ग्राङ, राम्चे, हाँडीफोरा तथा भोटेकोशी र त्रिशूली नदीको तटीय क्षेत्रसमेतका स्थानमा भालुको बासस्थान हुने भएकोले सावधानीपूर्वक हिँड्न उपयुक्त हुने  ज्येष्ठ नागरिकले सुझाव दिएका छन् । 

यात्राका क्रममा  भालुसँंग जम्काभेट भएमा परैबाट उसले बेजोडले थुक्दै आउने र उसको  पिरोथुक मानिसका आँखामा परेपछि आक्रमण गर्ने गरेको  विगतमा भालुबाट आक्रमित व्यक्तिले अनुभवसमेत सुनाएका छन् ।

यसैगरी लेकमा बस्ने बँदेल पनि अहिले न्यानो स्थान खोज्दै बेंसीतर्फका भूभागमा आउँछन् । भालु र  बँदेल दुवै जनावरबाट सावधान रहन जरूरी भएको समेत ज्येष्ठ नागरिकहरू बताउछन्। मानवलाई  भालुले टाउका र बँदेलले पेटमा आक्रमण गर्ने गरेको बताइन्छ।

दुईचार जना साथी साथमा हिँड्दा  भालु र बँदेल  देखिएमा जोडले हाईहाई र हुईहुई गरी कराएमा पछि हट्दै  भाग्ने गरेको अनुभव स्थानीयवासीको छ ।  भालु र बँदेलले  जङ्गल आसपासका बारमिा लगाइने अन्नबालीसमेत नोक्सान गर्ने गरेको किसानको गुनासोसमेत बढ्न थालेको पाइएको छ। 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x