×

NMB BANK
NIC ASIA

९ दिनको उपचारपछि बालुवाटार फर्किए प्रधानमन्त्री

मंसिर २०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री केपी ओली नौ दिनको उपचारपछि सरकारीनिवास बालुवाटार फर्किएका छन् । १० मंसिरमा मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका प्रधानमन्त्री एपेन्डिसाइटिसको शल्यक्रियापछि अस्पतालमै लामो आराम गरेर बिहीबार डिस्चार्ज भएका हुन् । चिकित्सकले यो अवधिमा मनमोहन कार्डियो सेन्टरमै प्रधानमन्त्रीको नियमित डायलाइसिस पनि गरेका थिए । 

Sagarmatha Cement
Muktinath Bank

उपचारमा खटिएका चिकित्सकले एक हप्ता आरामपछि प्रधानमन्त्री ओली नियमित काममा सक्रिय हुन सक्ने बताएका छन् । ‘हामीले आशा गरेभन्दा पनि छिटो स्वास्थ्यलाभ गरेर प्रधानमन्त्रीज्यू फर्किनुभएको छ । उहाँको स्वास्थ्य अवस्था  अहिले राम्रो छ । घाउ पुरिन केही समय लाग्ने भएकाले तत्काल हिँडडुलमा भने समस्या हुन सक्छ,’ प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंहले भनिन्, ‘अहिले नै अलिअलि काम गर्न र मिटिङ गर्न त सक्नुहुन्छ, तर शारीरिक रूपमा पूर्ण रूपमा फिट हुन अर्को हप्ता–दश दिनजति लाग्न सक्छ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्का चिकित्सक प्रा.डा. अरुण सायमीले आफूहरू नियमित प्रधानमन्त्रीको फलोअपमै रहने बताए । ‘शुरूमा हामी सबैलाई चिन्ता लागेको थियो, तर यति चाँडै स्वास्थ्यलाभ गरेर उहाँ डिस्चार्ज हुनुभएको छ । सबैको शुभकामना र उहाँको आत्मबलबाटै यो सम्भव भएजस्तो लाग्छ,’ सायमीले भने, ‘बालुवाटार फर्किएपछि पनि हामी नियमित फलोअपमै हुनेछौँ । एक हप्ताजति आराम गरेर उहाँ पुनः नियमित काममा फर्किन सक्नुहुन्छ होला ।’


Advertisment
Nabil box
Kumari

प्रधानमन्त्रीलाई स्वास्थ्यलाभ भएकाले उपचारमा संलग्न चिकित्सकहरूले केही दिन आराम गर्ने सुझाबसहित डिस्चार्जको अनुमति दिएको मनमोहन कार्डियो सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले बताए । 

Vianet communication
Laxmi Bank

निवास फर्किएपछि बिहीबार प्रधानमन्त्रीले पारिवारिक सदस्य र सचिवालयका सदस्यबाहेक कसैसँग भेट गरेका छैनन् । केही दिन नियमित काममा सक्रिय हुन नसके पनि बालुवाटारबाटै अत्यावश्यक जिम्मेवारी सम्पादन गर्ने योजनामा प्रधानमन्त्री रहेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दैनिक अत्यावश्यकीय काम गर्न सक्ने गरी स्वास्थ्यलाभ गरेर प्रधानमन्त्री ओलीनिवास फर्किएको बताए ।  नयाँ पत्रिकामा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x