प्रदेश सरकारको १० वर्षे गुरुयोजना चाँडै सार्वजानिक हुन्छ : मुख्यमन्त्री राई

सुनसरीको दुहवी नगरपालिकाले बहुवार्षिक योजना अन्तर्गत १ अर्ब २३ करोड ६४ लाखको विभिन्न ४ योजना सार्वजनिक गरेको छ ।

ती योजनामा दुहवी नपा–७ मा ९३ करोड ३१ लाख रुपैयाँको लागतमा निर्माण गरिने गोल्डेल वाटर पार्क, वडा नम्बर ११ तनमुनामा ७ करोडको नगर प्रमुख आवास योजना, वडा नम्बर ४ मा २० करोड ९६ लाख रुपैयाँकोे रंगशाला र सोही वडामा १२ करोड ३७ लाख रुपैयाँको हाटबजार रहेका छन् । 


Advertisement

दुहवी नगरपालिकाको विकासको आधार कृषि, उद्योग, प्रविधि, खेलकूद र व्यापार नाराकासहित पर्यटन क्षेत्र विकास सन्दर्भमा बिहीवार साँझ आयोजित कार्यक्रममा ती योजना सार्वजनिक गरिएको हो । ती योजनाका विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) समेत तयार भएका छन् । 

प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले पर्यटन पूर्वाधार निर्माणले यस क्षेत्रमा छिमेकी देशका पर्यटकको आवागमन वृद्धिबाट समृद्ध कायम हुने बताए ।


Advertisement

‘प्रदेश सरकारले आगाडि बढाएको योजनाबद्ध विकास कार्यमा संघीय, स्थानीय र निजी क्षेत्रसँग समन्वय गरी जनतामा रोजगारी उपलब्ध गराउनाका साथै आधुनिक कृषि प्रणालीबाट आत्मनिर्भर हुनेछ,’ उनले भने ।

मुख्यमन्त्री राईले स्वच्छ, सुखी र समुन्नत प्रदेशको निर्माणका लागि शहरी विकास, पर्यटन क्षेत्रका लागि १० वर्षे गुरुयोजना चाँडै सार्वजनिक गरिने बताए ।

सो अवसरमा योजना सार्वजनिक गर्दै नगरपालिकामा प्रमुख वेद गच्छदारले योजनाको निर्माणबाट जनताको आर्थिक समृद्धि हासिल हुने विश्वास व्यक्त गरे ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्