८९ हजारको चप्पलका कारण चर्चामा अभिनेत्री कियारा

एजेन्सी- बलिउड अभिनेत्री कियारा अडवाणी अहिले फिल्मी करिअरमा जम्दैछिन् । कविर सिंहमा काम गरेपछि उनलाई केही फिल्मबाट समेत उनलाई अफर आइरहेको छ ।

कियारा आजकाल अक्षय कुमार, दिलजीत दोसांझ र करीना कपूरसँगै आफ्नो आगामी फिल्म 'गूड न्युज'को प्रमोसनमा व्यस्त छिन् ।


Advertisement

करीना, मलाइका, जाह्नवी र सारा बेलाबेलामा जिमको बाहिर स्पोट हुने गरेका छन् । जिम बाहिर स्पोट हुने  सूचीमा कियाराको नाम पनि थपिएको छ ।


Advertisement

कियारा हालै जिमबाहिर हरियो ड्रेसअपमा देखिइन् । हरियो ड्रेसअपका कारण भन्दा पनि उनी अहिले चप्पलका कारण सञ्चारमाध्यममा समाचार बनिरहेकी छन् ।

उनले लगाएको चप्पलको मूल्य ५६ हजार भारतीय मूल्य पर्ने हिन्दी डट न्युज ट्वान्टी फो अनलाइनले लेखेको छ ।

उनको चप्पलको मूल्य ५६ हजार भारु अर्थात् ८९ हजार ६ सय रुपैयाँ पर्छ ।

चप्पलको मूल्यलाई लिएर उनी अहिले मिडियामा छाइरहेकी छन् ।

 

कमेन्ट गर्नुहोस्