×

NMB BANK
NIC ASIA

दुर्गम गाउँका घरघरमा खानेपानीका धारा

मंसिर २०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

गाउँमा खानेपानी थिएन । नजिकमा मुहान नभएको र टाढाबाट पानी ल्याउनका लागि स्रोतसाधनको अभावका कारण बाग्लुङको निसीखोला गाउँपालिका वडा नम्बर ३ का सर्वसाधारणले खोल्साखाल्सी र टाढाको पधेंरा धाउनुपर्ने बाध्यता थियो ।

Muktinath Bank

टाढै रहेको मुहानबाट पानी ल्याएर घरघरमा धारा बनेपछि अब त्यहाँको समस्या हटेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वडा नम्बर ३ बोहरागाउँमा अहिले ‘एक घर एक धारा’ जडान भएका छन् । अभियानस्वरुप घरघरमै धारा बनाएर खानेपानीको जोहो गरेको गाउँलेहरू बताउँछन् ।


Advertisment
Nabil box
Kumari

सार्वजनिक धारा अन्त्य गरेर घरघरमै धारा बनाएपछि खानेपानीको बचाउ हुने र सदुपयोगसमेत हुने भन्दै अभियान चलाइएको हो । स्वच्छ खानेपानीको बिस्तार गरेर पूर्ण सरसफाइयुक्त गाउँपालिका बनाउने तयारीसमेत बनाइएको गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले बताए ।

Vianet communication
Laxmi Bank

भएका पुराना योजना मर्मत गर्ने र पुनर्निर्माणको अभियान पनि थालिएको छ । सार्वजनिक धाराको अन्त्य गर्दै मिटर जडान गरेर घरघरमा पानीका धारा लैजाँदा संरक्षण हुने र लगानी खेर नजाने उनले बताए ।

जिल्लाकै दुर्गम मानिने निसीखोलामा मध्यपहाडी लोकमार्ग बनेकाले सडक छेउछाउमा बजार बढ्न थालेको छ । बजार क्षेत्रमा पहिलो चरणमा योजना सफल बनाएपछि ग्रामीण बस्तीमा पनि योजना लैजाने तयारी छ ।

देविस्थान, बोहोरागाउँ, निसी र भलकोट लगायतका बजारउन्मुख क्षेत्र, मध्यपहाडी लोकमार्ग आसपासमा खुलेका होटल तथा रेस्टुराँमा पहिलो चरणमा यस्ता धारा जडान गरिसकेका छन् । अभियानस्वरुप बोहोरागाउँस्थित झिवाखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका १११ घर र स्थानीय विद्यालयलाई धारा जडान गरिएको हो । सबैको घरमा धारा जडान गरेपछि मासिक ५० रुपैयाँका दरले मर्मत शुल्क संकलन गर्ने र समितिकै खातामा राख्ने व्यवस्था गरिएको छ । धेरै पानी प्रयोगकर्ताले १०० रुपैयाँसम्म तिर्नेछन् ।

निजी धारा र शुल्क तिर्ने प्रावधानलाई बानी बसाल्न समुदायमा सचेतना अभियानसमेत थालिएको छ । सो योजना सफल पार्न नेवाले १९ लाख ८८ हजार रुपैयाँ लगानी गरेको छ । गाउँपालिकाले १ लाख रुपैयाँ, स्थानीयले ४ लाख रुपैयाँ र ५ लाख ७१ हजार रुपैयाँको श्रमदान गरेर ३० लाख  ५९ हजारमा आयोजना सम्पन्न भएको हो ।

खानेपानी आयोजना सफल बनाउन नेवाले समुदायस्तरमा बालक्लब गठन गरेर सरसफाइसम्बन्धी प्रशिक्षण, क्लबका लागि कोष र शैक्षिक सामग्रीसमेत प्रदान गरेको गण्डकी प्रदेशका प्रबन्धक कुमार सिलवालले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x