×

NMB BANK
NIC ASIA

प्रवक्ता बाँस्कोटाको प्रस्टोक्ति : ‘वर्तमान सरकार देशभक्तहरूको हो’

मंसिर २०, २०७६

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले वर्तमान सरकार देशभक्तहरूको भएको बताएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

उनले वर्तमान सरकार ‘हुतिहारा, कायर र बोल्न नसक्ने’हरूको नभएको जिकिर गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोग तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय कार्यान्वयन एकाइ (शिक्षा)मार्फत काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–४ चौबासमा नवनिर्मित सेतीदेवी माध्यमिक विद्यालय भवनको उद्घाटन एवं हस्तान्तरण कार्यक्रममा उनले वर्तमान सरकार देशभक्त, न्यायप्रेमी जनताको सरकार भएको बताए ।


Advertisment
Nabil box
Kumari

‘हामी कसैको एक इञ्च पनि जमीन मिच्न जाँदैनौं, हाम्रो धर्तीको जमीन पनि कसैलाई दिँदैनौं, बुझाउँदैनौं, यो सरकार देशभक्त र न्यायप्रेमी जनताको सरकार हो,’ मन्त्री बाँस्कोटाले भने, ‘सरकारले कसैलाई अन्यायपूर्ण व्यवहार गर्दैन । नेपालीलाई कसैले अपमान र धक्का पुग्ने काम गर्छ भने सहने छैनौं ।’

Vianet communication
Laxmi Bank

उनले कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा अघि बढ्न राष्ट्रिय सहमति प्राप्त भइसकेकाले कूटनीतिक र राजनीतिक प्रयासलाई पहिलो प्राथमिकतामा राखिने बताए ।

मन्त्री बाँस्कोटाले सुस्ताको विषय पनि बाँकी रहेकाले सरकारले क्रमैसँग कूटनीतिक र राजनीतिक प्रयास जारी राख्ने दोहोर्‍याए । ‘सुस्ताको विषय पनि बाँकी नै छ, यी समस्या समाधान गर्न समय लाग्छ,’ उनले भने । कालापानी, लिपुलेक र लिम्पियाधुराका देखिएका समस्याको समाधान कूटनीतिक र राजनैतिक तवरबाट हुने उनले प्रस्ट पारे । उनले जनताको चिन्ता र चासोप्रति सरकारको ऐक्यबद्धता रहेको बताए ।

‘हाम्रो देश कसैको उपनिवेश भएन, नेपाल कसैसँग हारेन र कसैको दास बनेन,’ उनले भने । मन्त्री बाँस्कोटाले शुक्रवारै एशियाली विकास बैंक (एडीबी)को ऋण सहयोग तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय कार्यान्वयन एकाइ (शिक्षा)मार्फत काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–२ सिम्थलीमा नवनिर्मित अरुणोदय माध्यमिक विद्यालयको भवन उद्घाटन गरे ।

सो अवसरमा उनले वर्तमान सरकारको प्राथमिकता शिक्षा र स्वास्थ्य क्षेत्र भएको दाबी गरे । उनले भने, ‘सरकार शिक्षा र स्वास्थ्यमा नीतिगत परिवर्तनको प्रयासमा छ, यसपछि सामुदायिक विद्यालयको गुणस्तर वृद्धि हुँदै जानेछ ।’ उत्पादन प्रणालीलाई शिक्षासँग जोड्नुपर्ने उनले धारणा व्यक्त गरे । 

कार्यक्रममा ३ नम्बर प्रदेशसभा सदस्य लक्ष्मण लम्साल, जिल्ला समन्वय समिति प्रमुख उद्धव केसी, गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवर लगायतले सामुदायिक विद्यालयको शैक्षिक सुधारमा स्थानीयको तहको भूमिका महत्त्वपूर्ण रहेको धारणा राखेका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x