×

NMB BANK
NIC ASIA

१३औँ साग : स्वर्णमा पुरुषभन्दा महिला अगाडि

मंसिर २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

१३औँ संस्करणको दक्षिण एसियाली खेलकुद (साग)मा शुक्रबारसम्म १६९ स्वर्ण छिनोफानो भएकोमा नेपालले ४१ स्वर्ण जितेको छ । स्वर्ण जित्नेमा पुरुषभन्दा महिला खेलाडी अगाडि छन् । पुरुषले १८ स्वर्ण जित्दा महिलाले २२ पुर्‍याएका छन् । यो एकल र सामूहिक प्रतिस्पर्धाको नतिजा हो । अर्को एक स्वर्ण महिला र पुरुषको संयुक्त टिमले लिएको छ । खासगरी स्विमिङ, एथलेटिक्स, भारोत्तोलन, ट्रायाथलन,  साइक्लिङ, उसुलगायत खेलमा महिलाले नयाँ कीर्तिमान राखेका छन् । 

Muktinath Bank

नेपालले सागको एकै संस्करणमा सर्वाधिक स्वर्ण पदक जितेको आफ्नै इतिहास पनि तोडेको छ । २० वर्षअघि आठौँ सागमा घरेलु मैदानमै ३१ स्वर्ण जितेको नेपालले १३औँ संस्करणको पाँचौँ दिनमै ३७ स्वर्णसहित नयाँ इतिहास रचेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आफैँले स्थापना गरेको सागमा स्वर्णमा शतकको सफलता पनि नेपालले जारी संस्करणबाटै प्राप्त गरेको छ । सन् १९८४ मा भएको पहिलो संस्करणमा धावक वैकुण्ठ मानन्धरले नेपाललाई पहिलो स्वर्ण दिलाएका थिए । तर, स्वर्णसंख्या सय पुर्‍याउन नेपाललाई ३५ वर्ष लाग्यो । जारी प्रतियोगिताको चौथो दिन तेक्वान्दोका सक्षम कार्कीले ८७ केजी तौल समूहमा पाकिस्तानका वकार अलीलाई हराउँदै स्वर्ण पदक सय पुर्‍याउने कीर्तिमानमा आफ्नो नाम लेखाए । 


Advertisment
Nabil box
Kumari

तीन वर्षअघि भारतमा भएको १२औँ प्रतियोगितामा तीन स्वर्ण मात्रै लिएर फर्किएको नेपालले यसपटक अपेक्षा नगरेका खेलमा समेत कब्जा जमाएको छ । सागको तीन दशक लामो इतिहासमा पहिलोपटक पुरुष तथा महिला एथलेटिक्समा स्वर्ण जितेको छ । एथलेटिक्समा भारतीय र श्रीलंकन खेलाडी दाबेदार मानिन्थे । महिलातर्फ भारोत्तोलन र स्विमिङमा पनि पहिलोपटक स्वर्ण पाएको छ । 

Vianet communication
Laxmi Bank

स्वर्ण र समग्र पदकमा आठौँ साफमा नेपाल दोस्रो बनेको थियो । जारी संस्करणमा पनि अहिलेसम्म दोस्रो स्थानमै छ । नेपालले अहिले पदक बढी प्राप्त गर्नुमा खेलाडीको मिहिनेत नै मुख्य पाटो हो । तर, सँगसँगै अन्य पाटो पनि जोडिएका छन् । आठौँ साफमा १२ खेल मात्रै थिए, अहिले २४ खेल समेटिएका छन् । त्यतिवेला १०६ स्वर्णका लागि प्रतिस्पर्धा थियो, अहिले स्वर्ण संख्या ३२४ छ । प्रतिशतमा हेर्दा यसपटकको नतिजाले आठौँ संस्करणको सफलतालाई भेट्टाउन सकेको छैन । आठौँमा नेपालले कुल स्वर्णको ३० प्रतिशत जितेकोमा यसपालि अहिलेसम्म १३ प्रतिशत मात्रै समेटेको छ । धेरै खेल र पदक भएकाले पनि यसपटक ५० स्वर्ण जित्ने लक्ष्य राष्ट्रिय खेलकुद परिषद्को छ । 

घरेलु मैदानमा बढी पदक बटुल्ने अर्को पनि कारण छ । सागमा आयोजक राष्ट्रलाई कुन खेल राख्ने वा नराख्ने अधिकार हुन्छ । यही अधिकार प्रयोग गरेर आयोजकले पदक जित्ने खेल राख्ने र आफू कमजोर भएको खेल हटाउनेसम्म गर्छन् । १२औँ संस्करणमा भारतले आफू कमजोर भएको कराते खेल समावेश नै गरेको थिएन । नेपालले पनि यसपटक आफ्नो राम्रो धरातल रहेको मार्सल आर्टका सबै खेल समावेश गर्‍यो । स्वर्णको ऐतिहासिक प्रदर्शनमा नेपाललाई मार्सल आर्टकै योगदान धेरै छ । तेक्वान्दोमा २९ मध्ये १२ स्वर्ण नेपालले फुत्किन दिएन । करातेमा पनि १९ मध्ये १० स्वर्ण आफैँ राख्न सफल भयो । आठौँ साफमा पनि तेक्वान्दो र करातेबाटै स्वर्ण संख्या ह्वात्तै बढाएको थियो । त्यस्तै नेपालले पदकको आशा गरेको उसुमा पाँच, साइक्लिङमा चार तथा एथलेटिक्स, ट्रायथलन, भारोत्तोलन, स्विमिङ र गल्फमा दुई/दुई स्वर्ण समेटेको छ । नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x