×

NMB BANK
NIC ASIA

माली बाबुको संघर्ष : गिरिजाप्रसादले हिम्मत दिए, छोरीले स्वर्ण

मंसिर २१, २०७६

NTC
Sarbottam
तस्वीर सौजन्य : नयाँ पत्रिका
Premier Steels
Marvel

०२६ मा धान चुट्दै गर्दा दाहिने आँखामा एउटा दाना पस्यो, आँखा फुलो परेपछि नाति महर्जनलाई जीवन बर्बाद भएजस्तो लाग्यो । १४ वर्षको उमेरमै यो पीडा व्यहोरेका उनले यसपछि जीवनमा धेरै प्रजातिका बिरुवा रोपे, गोडमेल गरे अनि देब्रे आँखाले फूलको सुन्दरता नियाले । ६४ वर्षको उमेरसम्म आइपुग्दा नातिको जीवन धेरै अविस्मरणीय क्षणको साक्षी बन्यो, त्यसैले उनी सदैव सकारात्मक र ऊर्जावान् रहे । गत बुधबार ललितपुरको सातदोबाटोमा ६४ वर्षीय नातिको ऊर्जा हेर्नलायक थियो । साग खेलकुदअन्तर्गत करातेको ६८ केजी तौल–समूहमा छोरी सुनीता महर्जनले स्वर्ण जितेपछि बाबुलाई अँगालो हालिन्, दुवैका आँखा एकाएक रसाए । 

Muktinath Bank

सुनीताको सफलताभित्र अर्काको जग्गामा पसिना बगाएर मुरी फलाउने काठमाडौंको स्थानीय परिश्रमी महर्जन परिवारको दशकौँ लामो संघर्षको कथा छ । ‘सानोबाबु (गिरिजाप्रसाद) मेरो भगवान् हुनुहुन्छ । उहाँलाई क्याक्टस, सुनगाभा, गोदाबरी, सुगन्धवालालगायत फूल निकै मनपथ्र्यो,’ कानमा गोदावरी सिउरिएका नातिले भने, ‘उहाँले मृत्युको मुखबाट बचाउनुभयो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

०५० देखि नातिकाजीले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको महाराजगन्जस्थित निवासमा काम गरेका थिए । साँझ गिरिजाप्रसाद एकान्तमा बस्न रुचाउँथे, एक दिन उनको नजर फूल गोडिरहेका नातिकाजीको फुलो परेको आँखामा पर्‍यो । ‘ए माली यता आइज । शशांकलाई भनेर तेरो उपचार गर्नू,’ गिरिजाप्रसादको भनाइ स्मरण गर्दै नातिकाजीले भने, ‘भोलिपल्ट शशांक कोइरालाले मलाई अस्पताल लग्नुभयो । क्यान्सर भइसकेको रहेछ । तिमीले चिन्ता गर्नुपर्दैन उपचारको सबै खर्च म मिलाउँछु भन्नुभयो ।’


Advertisment
Nabil box
Kumari

बगैँचामा काम गर्दा नातिकाजीका हात फुटेका हुन्थे । गिरिजाप्रसादले बोलाएर भन्थे, ‘सोझो छस्, भन्सारमा जागिर लगाइदिउँ भने दुई दिन पनि टिक्दैनस् ।’ ०५४ पछि गिरिजाप्रसादले नातिकाजीलाई राष्ट्र बैंकमा जागिर लगाइदिए, १४ सय तलब आउने गरी । उनी दिउँसो जागिर गथ्र्ये र साँझ कोइरालानिवासमा फूल गोड्थे । कहिलेकाहीँ छोराछोरी र भतिजा–भतिजी उनीसँगै कोइरालानिवास जान्थे । गिरिजाप्रसादले पनि छोराछोरीबारे सोधखोज गर्थे । ‘उनीहरू जे चाहन्छन् त्यही बन्न भन्नू,’ गिरिजाप्रसादले दिएको अर्ती सम्झिए नातिकाजीले । 

Vianet communication
Laxmi Bank

छोरा विनोदले करातेमा राष्ट्रिय च्याम्पियन बन्ने लक्ष्य राखेका थिए । सुनीता, सरस्वती, दीपेन्द्रलगायत भाइबहिनी उनको खेल हेर्न जान्थे, बिस्तारै उनीहरूको लगाव पनि यही खेलमा देखियो । तर, विनोदको करिअर धेरै अघि बढेन । ‘दाइले आफ्नो करिअर अघि बढाउन नसके पनि हामीलाई सधैँ हौसला दिनुभयो । उहाँकै प्रेरणाले आज सफलता सम्भव भयो,’ सुनीताले भनिन् । 

गिरिजाले वेला–वेलामा छोराछोरीलाई डाइट खुवाउनू भनेर नातिकाजीलाई पैसा दिन्थे । ‘त्यही पैसाले बुबाले पुष्टकारी र गुँदपाक किनेर ल्याइदिनुहुन्थ्यो,’ विनोदले भने ।कोइरालासँग जोडिएका धेरै सम्झना छ यो परिवारसँग । एकपटक गिरिजाले आफ्नो दौरा–सुरुवाल नातिलाई दिएका थिए । अग्लो कदका गिरिजाको दौरा झन्डै छोटो कदका नातिकाजीबराबरकै थियो । ‘उहाँले दौरा लगाउँदा कम्ता हाँसो उठेको थिएन,’ सुनीताले भनिन् । दौराको कहानीबारे नातिकाजीले अगाडि भने, ‘उहाँलाई ठट्टा गर्न मन लाग्थ्यो । त्यसैले मलाई जिस्क्याउनुभएको रहेछ । मैले पनि अर्कैलाई दिएर पठाएँ ।’ गिरिजाप्रसादले नातिकाजीलाई घरेलु रक्सी ल्याऊ भन्थे, अनि यो लैजाऊ भनेर विदेशी रक्सी दिन्थे । 

गिरिजाप्रसादको निधनका दिन नातिकाजीलाई पहाड खसेजस्तो लाग्यो । ‘बाँस काट्दै थिएँ । जब रेडियोमा समाचार सुनियो । म रन्थनिएर सीधै कोइरालानिवास पुगेँ,’ भावुक हुँदै उनले भने, ‘सानोबाबुले मलाई उहाँको निधन हेर्न जीवन दिनुभएको रहेछ भन्ने पनि लाग्यो, त्यस दिनबारे धेरै सम्झन सक्दिनँ ।’ 

उनले कोइराला परिवारसहित रामशरण महत, अर्जुननरसिंह केसीलगायत कांग्रेस नेताका बगैँचामा पनि काम गरे । गिरिजाप्रसादको निधनपछि लामो समय बेचैन बनेका नातिकाजीको मुहारमा २६ वर्षीया छोरी सुनीताले खुसी फर्काएकी छिन् । नातिकी ९४ वर्षीया आमा पनि सुनीताको सफलतामा दंग छिन् । ‘माइती र घर दुवैतर्फ सबै खुसी हुनुहुन्छ । श्रीमान् सोहिल महर्जनसहित घरतर्फका सबैले सधैँ हौसला दिएकाले विवाहपछि पनि करिअरलाई निरन्तरता दिनसकेँ । गुरुहरूले पनि ठूलो योगदान गर्नुभएको छ,’ सुनीताले भनिन् ।  नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x