कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
परम्परागत पेशालाई निरन्तरता दिँदै आएका आदिवासी जनजातिलाई सरकारले लोपोन्मुख, सीमान्तकृत र अल्पसङ्ख्यक समुदायमा सूचीकृत गरेको छ । लोपोन्मुख अवस्थामा पुगेका १० जातिले सामाजिक सुरक्षाभत्ता प्राप्त गर्दै आएका छन् ।
ती लोपोन्मुख जातीमा राजी, राउटे, कुसुण्डा, हायु, किसान, लेप्चा, मेचे, कुशवाडिया, सुरेल, वनकरिया पर्दछन् । सरकारले उनीहरुलाई प्रतिव्यक्ति रु तीन हजारका दरले मासिकरूपमा सामाजिक सुरक्षाभत्ता वितरण गर्दै आएको छ ।
लोपोन्मुख सीमान्तकृत समाज उत्थानका केन्द्रीय अध्यक्ष लालबहादुर राजी कर्णाली प्रदेशमा बढी लोपोन्मुख, सीमान्तकृत तथा अल्पसङ्ख्यक समुदाय बसोबास गर्ने भएकाले सरकारले विशेष ध्यान दिनुपर्छ भन्छन्। उनी भन्छन्, 'कर्णाली प्रदेशका ती तीनै समुदायले विविध समस्या भोग्नुपरेको छ ।'
अध्यक्ष राजी लोपोन्मुख र सीमान्तकृत जातिको शिक्षा, स्वास्थ्य र गरिबीको अवस्थालाई अध्ययन गरी सरकारले विशेष कार्यक्रम ल्याउनुपर्छ भन्छन्।
कर्णाली प्रदेशको सुर्खेत, दैलेख, जाजरकोट जिल्लामा उनीहरु प्राय एक समुदायमा बस्छन् । सरकारले सामाजिक सुरक्षाभत्ता वितरणमा असमान व्यवहार गरेको गुर्भाकोट नगरपालिकाका बोटे समुदायका स्थानीय महिला कमला बोटेले गुनासो पाेखे। उनी भन्छन्, 'एउटै समुदायमा बस्ने लोपोन्मुख भन्दा सीमान्तकृतको अवस्था विकराल छ, तर हामी नै भत्ता पाउनबाट बञ्चित छौँ ।'
सोही नगरपालिकाका पविदेवी बोटे भन्छन्, 'राज्यले एकै समाज, समुदायमा बस्ने उस्तै अवस्था भएका कोहीलाई सामाजिक सुरक्षाभत्ता दिनु र कसैलाई बञ्चित गर्नु के विभेद होइन र ? हामी बोटेहरु सबै कुरामा पछाडि छौँ ।'
बराहताल गाउँपालिका–४ सुर्खेतका वडा सदस्य जुल्फे राजीले लोपोन्मुख, सीमान्तकृत र अल्पसङ्ख्यक जातिकाबारेमा नीतिगत तहमा धेरै कुरा गरिए पनि कार्यान्वयन तहमा प्रभाव नदेखिएको बताउँछन्। उनी भन्छन्, 'लोपोन्मुख, सीमान्तकृत र अल्पसङ्ख्यकहरु नै नगण्य मात्रामा छन् । गाउँसभामा राखेका हाम्रा आवाजहरु नै कम सुनिन्छन् ।'
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...