स्वर्णपछि खुसीको आँसु ...

सागको कुस्ती प्रतियोगितामा स्वर्ण पदक विजेता संगीता धामी । तस्बीरः अजयकुमार साह/ रासस

कुस्तीबाज संगीता धामीले जनकपुरमा जारी १३औँ दक्षिण एशियाली खेलकुद (साग) स्वर्ण पदक जित्दै इतिहास रचेकी छिन्।

१९ वर्षीया  धामीले साग अन्तर्गतको कुस्ती खेलमा नेपाललाई पहिलो स्वर्ण दिलाएकी हुन्।


Advertisement

उनले  बंगलादेशकी सकिरा सरकाररिनेलाई ४–१ ले हराएकी हुन्। धामीले स्वर्ण दिलाउँदा उनले  खुसीको आँसु थाम्न सकिनन्।

स्वर्ण जितेसँगै निकै भावुक बनेकी उनको आँखाबाट खुशीको आँशु झर्न थाल्यो।


Advertisement

संगीताका खुशीका आँशु झारेर नै रुन थालेपछि प्रशिक्षक र सहयोगीले सम्हालेका थिए। यसअघि शुक्रबार नेपालले एक रजत र तीन कास्य पदक जितेको थियो।
 

कमेन्ट गर्नुहोस्