राम लिम्बु बने दोस्रो अडिसनको भ्वाइस अफ नेपाल

 युवा पुस्तामा लोकप्रिय गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ दोस्रो अडिसनको उपाधि राम लिम्बुले जितेका छन्। 


 काठमाडौंको चुच्चेपाटीस्थित होटल हायतको ग्राउन्डमा शनिबार मध्यरातमा सम्पन्न फिनालेबाट उनी दोस्रो भ्वाइस अफ नेपाल बन्न सफल भएका हुन्। राम टीम प्रमोदबाट विजयी भएका हुन्। 


Advertisement

दर्शकले दिएको भोटको आधारमा उनी दोस्रो भ्वाइस अफ नेपाल बन्न सफल भएका हुन्।  योसँगै उनले १० लाख नगद, ड्याट्सन गाडी, म्युजिक एल्बमको कन्ट्र्याक्टसमेत हासिल गरेका छन्।

कम भोट प्राप्त गरेका कारण विकास लिम्बु, सनिष श्रेष्ठ र आरिफ रौफको भ्वाइस अफ नेपाल बन्ने सपना चकनाचुर भयो। 


Advertisement

यसअघि  फिनालेमा पुगेका उनीसँगै चारै प्रतियोगी र उनीहरुका कोचहरुले आफ्नो प्रस्तुति दिएका थिए । 

विश्वका १९२ भन्दा बढीहरु सफल प्रसारण भएको यो प्रतियोगिता नेपालमा पनि धेरैको मन जित्न सफल भयो  । 

शोमा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र  आस्था रावत कोचको भूमिका रहेका थिए।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्