×

NMB BANK
NIC ASIA

किन ढल्यो धरानमा नेकपाको 'लालकिल्ला' ?

मंसिर २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

वर्षौंदेखिको एमाले किल्ला। माओवादीसँग एकीकरणपछि बनेको ठूलो दल। दुईतिहाइको सत्ताधारी। तर पनि धरानमा किन हार्‍यो नेकपा ?जिल्ला तहका नेकपा नेताहरू त्यसकै समीक्षा गरिरहेका छन्। धरान उपमहानगरको मेयरमा पहिलो जितपछि कांग्रेस भने खुसियाली मनाउँदै छ।

Muktinath Bank

बहुमत वडाध्यक्षसहित एमालेकै उम्मेदवार निर्वाचित भई कम्युनिस्ट विरासतलाई कायमै राखेका थिए। उपनिर्वाचनमा २६ हजार ७ सय ९ मत प्राप्त गरी मेयरमा कांग्रेसका तिलक राई मेयर निर्वाचित भएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपाका प्रकाश राईले २३ हजार ९ सय १४ मत ल्याए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेकपाले हार्नुमा स्थानीय जनप्रतिनिधिमा दुईतिहाइ बहुमतको दम्भ, त्यसका कारण जनभावनाअनुसार काम गर्न नसक्नु र पार्टी एकीकरणमा ढिलाइ मुख्य कारक हुन्। पार्टीमा शीर्ष तहबाटै गुटबन्दी, कांग्रेसलाई अन्य दलको साथलगायत कारण चुनाव हारेको नेकपाकै नेताले औंल्याएका छन्।


Advertisment
Nabil box
Kumari

पार्टी नेतृत्वको अहम् र जनप्रतिनिधि सेवामुखीभन्दा पनि आफ्नै सेवासुविधामा मस्त भएका कारण नेकपाले पराजय बेहोर्नुपरेको धरान–१७ का नेकपा कार्यकर्ता शिव तामाङको बुझाइ छ। तिलक २०७४ को निर्वाचनमा तत्कालीन एमालेका तारा सुब्बासँग ४ हजार ७ सय ६९ मतान्तरले पराजित भएका थिए। तत्कालीन माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले त्यस बेला ११ हजार १ सय ८० मत पाएका थिए।

Vianet communication
Laxmi Bank

तत्कालीन एमाले र माओवादीको मत कांग्रेस उम्मेदवारले पाएभन्दा १५ हजार बढी हुन आउँछ। तर, नेकपाका प्रकाशलाई उल्टै २ हजार ७ सय ९५ मतान्तरले पराजित गरी १८ हजार मत उल्ट्याउन कांग्रेसका तिलक सफल भए। नवनिर्वाचित मेयर राईले नेकपाकै मत प्राप्त गरी आफूले विजयी हासिल गरेको बताएका छन्। आफूले जिते पनि धरानको ‘लालकिल्ला’ भने नभत्किएको उनको भनाइ छ।

मेयर तारा सुब्बाको निधनपश्चात् उपमेयर मञ्जु भण्डारीले १६ महिना कार्यवाहकको जिम्मेवारी सम्हालिन्। कार्यवाहक मेयर भण्डारीले उक्त अवधिमा जसभन्दा बढी अपजस पाउने काम गर्नु नेकपालाई भारी बनेको विश्लेषक बताउँछन्।

उपमेयर भण्डारीसहित धरान–१५ का वडाध्यक्ष नरेश इवारम, ११ का बाबुलाल गिरी, १६ का दिलकुमार गिरी, १७ का मनोज भट्टराई, ८ का रुद्र लिम्बू, ३ का आसकुमार  श्रेष्ठ पनि यसमा कारक देखिएका छन्। विगतमा दोब्बर मतसहित निर्वाचित जनप्रतिनिधि व्यक्तिगत स्वार्थमा लागेपछि यसपटक नेकपाको तुलनामा बढी मत कांग्रेसले प्राप्त गरेको छ। २० वडामध्ये ४, ५, ६, २० मा राम्रै मत ल्याए पनि १५ र १७ झिनो मतले मात्रै नेकपा अगाडि आयो। ३ हजार मतले अग्रता लिनुपर्ने वडा नम्बर २, ८, ११, १३, १५, १६, १७ मा नेकपाले कम पाएपछि पराजय बेहोर्नुपर्‍यो। अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x