×

NMB BANK
NIC ASIA

पाइपलाइनमा साढे ६ अर्बको आईपीओ

मंसिर २२, २०७६

NTC
Sarbottam
फाइल तस्वीर
Premier Steels
Marvel

सेयरको दोस्रो बजार लगातार ओरालो लागेर लगानीकर्ता हतोत्साही मानसिकतामा पुगेका बेला साढे ६ अर्बभन्दा बढी मूल्यको सेयर निष्काशनका लागि पाइपलाइनमा छ। नेपाल धितोपत्र बोर्डमा ६ अर्ब ५४ करोड १६ लाख ७३ हजार ६ सय रुपैयाँ बराबरको सेयर र म्युचुअल फन्डका इकाइ निस्काशनका लागि स्वीकृति माग्दै विभिन्न कम्पनीले निवेदन दिएका छन्।

Sagarmatha Cement
Muktinath Bank

वित्तीय प्रणालीमा लगानीयोग्य पुँजी अभाव चुलिएपछि सेयर बजारमा निरन्तर गिरावट देखिएको छ। यस्तो बेला ४ अर्ब ४० करोडभन्दा बढीको प्राथमिक सेयर निष्काशन (आईपीओ) पाइपलाइनमा छ। साढे ३३ करोडको आईपीओ जारी गर्न बोर्डले स्वीकृति दिइसकेको छ। थप १ अर्ब ८० करोड बराबरको सामुहिक लगानी कोष बिक्री गर्ने तयारी भएको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बेर्डका अनुसार शिव श्री हाइड्रोपावर कम्पनीले ३३ करोड ५१ लख रुपैयाँ बराबरको आईपीओ जारी गर्न स्वीकृति पाइसकेको छ। उक्त सेयरमा २ अर्ब १३ करोड रुपैयाँभन्दा धेरै मूल्यको आईपीओ जलविद्युत् कम्पनीले मात्रै जारी गर्दै छन्। पछिल्लो समय जलविद्युत् प्रतिसेयर लगानीकर्ताको धारणा नकारात्मक हुँदै गएको बेला यति ठूलो परिमाणमा नयाँ सेयर बिक्रीका लागि खुला गर्ने तयारी हुँदै छ। शिव श्री र सुभम पावरले यसअघि स्थानीय समुदायलाई छुट्टयाएर पनि बिक्री गर्न नसकेको सेयरसमेत थपेर आईपीओ जारी गर्दै छन्।


Advertisment
Nabil box
Kumari

युनाइटेड मर्दी एन्ड आरबी हाइड्रोपावरले स्थानीय समुदाय र सर्वसाधारणलाई बिक्री गर्न १० करोड ५० लाखको सेयर जारी गर्दै छ। लिबर्टी इनर्जीले पनि ३७ करोड ५० लाखको सेयर जारी गर्दै छ। संगति हाइड्रोइनर्जीले ४३ करोड ५० लाख, ग्रिनलाइफ हाइड्रोपावरले ३४ करोड ९६ लाख, माउन्टेन इनर्जी नेपालले ३९ करोड ३६ लाख, मैलुङखोला जलविद्युत् कम्पनीको ७ करोड ३६ लाख, शुभम पावरको ५ करोड ८० लाख, हिमालयन हाइड्रोपावरको २२ करोड ५० लाख र तेह्रथुम पावर कम्पनीको १२ करोड रुपैयाँको सेयर निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन्।

Vianet communication
Laxmi Bank

यसबाहेक ठूलो सेयर चाँिह नेपाल पुनर्बीमा कम्पनीले जारी गर्दै छ। मुलुककै पहिलो र एक मात्र पुनर्बिमा कम्पनीले १ अर्ब ६० करोड रुपैयाँको प्राथमिक सेयर निस्काशन गर्न बोर्डमा निवेदन दिएको छ। आईएमई समूहको ठूलो स्वामित्व भएको कम्पनी इमर्जिङ नेपालले पनि ५ करोड रुपैयाँको सेयर निस्काशन गर्ने भएको छ। हालैमात्र स्थापित पूर्वाधार विकास बैंकमा संस्थागत लगानी गरेको यो इन्भेस्टमेन्ट कम्पनीले भेञ्चर क्यापिटल जसरी नै लगानी गरिरहेको छ।

गैरआवासीय नेपालीले मुलुकको पूर्वाधारमा लगानी गर्न खोलेको ‘एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभेलपमेन्ट’ कम्पनीले पनि ३३ करोड ९८ लाखको सेयर जारी गर्दै छ। सिबिल क्यापिटलले ३ करोड र सीईडीबी हाइड्रोपावर डेभेलपमेन्ट कम्पनीले २५ करोड १८ लाखको सेयर जारी गर्दै छन्।

सामुहिक लगानी कोषले पनि ठूलो मात्रामा लगानी स्किम ल्याउँदै छन्। धितोपत्र बोर्डका अनुसार सानिमा म्युचुअल फन्डको ‘सानिमा लार्ज क्याप फन्ड’ ले १ अर्ब रुपैयाँको इकाइ जारी गर्न स्वीकृति मागेको छ। लक्ष्मी म्युचुअल फन्डको लक्ष्मी उन्नति कोषले पनि ८० करोड रुपैयाँ बरोबरका इकाइ बेच्न बोर्डसँग स्वीकृति मागेको छ। यस्ता म्युचुअल फन्डले सर्वसाधारणको पैसा जम्मा पारेर सेयर, निक्षेपजस्तै थुप्रै ठाउँमा लगानी गर्ने गर्छन्। त्यस्तो लगानीबाट सृजित नाफा पुन: इकाइ धनीलाई वितरण गर्छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x