×

NMB BANK
NIC ASIA

कुस्तीमा ऐतिहासिक स्वर्ण : आमाको नाम लेख्नुस्, दोस्रो बिहे गरेका बाबुको नाम नलेख्नुस्

मंसिर २२, २०७६

NTC
Sarbottam
तस्वीर सौजन्य : नयाँ पत्रिका
Premier Steels
Marvel

सीता जन्मभूमि जनकपुरमा शनिबार अर्को इतिहास बन्यो, १९ वर्षीया संगीता धामीले फाइनलमा बंगलादेशकी सर्केररिमलाई हराएर कुस्तीको ५५ केजी तौल समूहमा स्वर्ण जितिन् । सागमा नेपाली खेलाडी कुस्ती च्याम्पियन बनेको यो पहिलो अवसर हो ।

Sagarmatha Cement
Muktinath Bank

‘संगीतामा केही गरेर देखाउने भावना थियो । मैले पहिल्यै भनेको थिएँ कि तिमीले जित्नेछौ, तिमीले देखाउनेछौ,’ प्रशिक्षक ब्रह्मदेव यादवले भने, ‘उनले त इतिहास नै बनाइन् ।’  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खेल सकिएपछि केही भावुक बनेकी संगीताले भनिन्, ‘यो स्वर्ण मेरी आमाका लागि, नेपाल आमाका लागि । आमाको नाम मात्रै लेख्नुस्, बाबुको नलेख्नुस् ।’ कञ्चनपुरको भीमदत्त–३, महेन्द्रनगरकी संगीताको सफलतामा आमाको माया र बाबुको तिरस्कारले ठूलो भूमिका खेलेको छ । आमा धानादेवी धामका चार छोरीमध्ये साहिली हुन् संगीता । छोरी मात्रै जन्माएको भन्दै उनका बाबुले दोस्रो बिहे गरे । 


Advertisment
Nabil box
Kumari

बुहारी र भतिजीहरू सहाराविहीन बनेपछि संगीताका ठूलोबाबुले आफ्नो जग्गामा झुपडी बनाइदिए, त्यही झुपडीमा संगीता र उनका दिदीबहिनी हुर्किए । ज्यालादारी गरेर गाँसको व्यवस्था गर्ने धानाले छरछिमेकीसँग ऋण सापटी गरेर भैँसी किनेपछि अवस्था केही सुध्रियो । संगीताले भनिन्, ‘घरमा अर्थोपार्जनको कुनै उपाय थिएन, त्यसैले आमाले ज्यालादारी गर्नुहुन्थ्यो । भैँसी किनेपछि दूध बेचेरै हाम्रो पालन–पोषण गर्नुभयो । दुई दिदीको बिहे गरिदिनुभयो ।’ अहिले संगीता बिए प्रथम वर्षमा स्वास्थ्य विषय पढिरहेकी छिन् । बहिनी ८ कक्षामा पढ्छिन् । विद्यालयस्तरदेखि नै कुस्तीमा रुचि राख्ने संगीताले भनिन्, ‘आमा र दिदीहरूकै सहयोगमा आज स्वर्णपदक जितेकी छु ।’ प्रशिक्षक यादवले संगीताको सफलता अन्य महिलाका लागि उदाहरण बन्ने बताए । ‘नेपाली महिलाले राष्ट्रको नाम चम्काउन सक्छन् भन्ने यसले देखाएको छ । कुस्ती खेलको लामो इतिहासमा यो पहिलो स्वर्ण हो,’ उनले भने । 

Vianet communication
Laxmi Bank

नेपाललाई दोस्रो दिन पाँच पदक 
कुस्ती खेलमा यस स्वर्णसहित नेपालले जारी सागमा अहिलेसम्म नौ पदक जितेको छ । नेपालबाट शनिबार ५७ किलो तौल समूहमा अम्बिका भण्डारीले रजत, ७९ किलोमा बुनिलाल यादवले कांस्य, १२५ किलो तौल समूहमा राज यादवले कांस्य र ७० किलो तौल समूहमा सुरेश यादवले कांस्य हात पारेका छन् । यसअघि शुक्रबार शिवांगी दुवेले रजत, नरेशप्रसाद यादव, सरोजकुमार यादव र मनीषा सिंहले कांस्यपदक जितेका थिए । शनिबारको खेलमा पाकिस्तानले दुई स्वर्ण र दुई रजत गरी चार पदक जितेको छ । त्यसैगरी, शनिबार भारतले पाँच स्वर्णपदक जित्दै आफ्नो स्वर्णसंख्या नौ पु¥याएको छ । शनिबार श्रीलंकाले तीन रजत प्राप्त गरेको छ भने बंगलादेशले एक रजत र एक कांस्यपदक जितेको छ ।  नयाँ पत्रिका दैनिकमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x