जब शर्मिलाको बिकिनी फोटोशूटले संसदमा हंगामा मच्चायो

एजेन्सी- 'कश्मीर की कली', 'वक्त', 'आमने-सामने' जस्ता हिट फिल्म दिएकी अभिनेत्री शर्मिला टेगोरको जन्म ८ डिसेम्बर १९४६ मा हैदराबादमा भएको थियो ।

आफ्नो जमानामा निकै बोल्ड अभिनेत्रीको रूपमा रहेको शर्मिला हिन्दू बंगाली परिवारमा भएको थियो ।


Advertisement

उनले सत्यजीत रेको फिल्म 'अपुर संसार'मार्फत अभिनय करिअरको शुरूआत गरेकी थिइन् । यस फिल्ममा उनले गरेको अभिनयले निकै प्रशंसासमेत पाएको थियो ।

सन् १९६४ मा अभिनेत्रीको रूपमा उनको पहिलो फिल्म 'कश्मीर की कली' आयो । त्यसमा पनि उनको अभिनयको तारिफ भयो ।


Advertisement

फिल्म 'एन इवनिङ इन पेरिस'मा पहिलोपटक शर्मिलाले बिकिनी सीन दिइन् । भारतीय सञ्चारमाध्यम अमरउजलाका अनुसार बलिउडमा बिकिनी सीन दिने उनी पहिलो अभनेत्री हशुन् । फिल्ममा बिकिनी सीन दिएर उनले बलिउडमा तहल्का मच्चाएकी थिइन् । यतिमात्र होइन उनको बिकिनी सीनको विषयले संसदमा समेत चर्चा पायो ।

सन् १९६८ मा शर्मिलाका अर्को बिकिनी फोटोशूट बाहिरियो जसमा उनले ग्लोसी फिल्म फेयर म्यागेजिनका लागि गराएकी थिइन् ।

यतिसम्म कि उनको बिकिनी फोटो मुम्बईमा चर्चित बन्यो । होर्डिङ बोर्डमा समेत छाइन् उनी । पछि रातारात उक्त होर्डिङ बोर्ड र पोस्टरहरू हटाउन परेको थियो ।

फिल्मी करिअरमा उनले दुई पटक राष्ट्रिय फिल्म पुरस्कार र दुई पटक फिल्मफेयर पुरस्कार पाइन् ।

कमेन्ट गर्नुहोस्