भारतीय मिडियाको दाबी - 'मोदीले प्रधानमन्त्री ओलीका विशेष दूत भेट्न अस्वीकार गरे'

भारतीय सञ्चारमाध्यम 'द प्रिन्ट'ले कालापानी मुद्दामा कुरा गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अनिच्छुक रहेको भन्दै सामाचार प्रकाशित गरेको छ ।

शनिवार नयानिमा बसुले द प्रिन्टका लागि 'भारतद्वारा कालापानी र अन्य सीमा विवादका विषयमा छलफल गर्न भारत आउन लागेका नेपालका विशेष दूतसँग भेट्न अस्वीकार' शीर्षकमा एक समाचार लेख्दै डिसेम्बर ४-५ मा तय गरिएको माधवकुमार नेपालको भारत भ्रमण रद्द भएको दाबी गरेकी छिन् ।


Advertisement

'नरेन्द्र मोदीको सरकारले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष दूत बनेर भारत आउन लागेका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई भेट्न अस्वीकार गरेको छ,' समाचारमा भनिएको छ, 'विशेष दूत नेपाल यही डिसेम्बर ४-५ मा प्रधानमन्त्री मोदीलाई भेट्न आउने कार्यक्रम तय भएको थियो ।'

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्