नेपाल साग फुटबलको फाइनलमा, भुटानसँग भिड्ने

बंगलादेशलाई हराएर फाइनल प्रवेश गरेपछि दर्शकलाई अभिवादन गर्दै नेपाली खेलाडी । तस्वीरः प्रदीपराज वन्त/रासस

नेपाल १३ औँ दक्षिण एसियाली खेलकुद (साग), फुटबलको फाइनलमा भुटानसँग भिड्ने भएको छ। 

आइतबार बंगलादेशलाई हराउँदै नेपालले भुटानसँगको फाइनल भेट पक्का गरेको हो। नेपालले बंगलादेशलाई १—० ले  हराएको हो।


Advertisement

 नेपालका सुनिल बलले  ११औं मिनेटमा गरेको गोल नै निर्णयक बन्यो। उनले रिजन सुब्बा र कप्तान सुजल श्रेष्ठसँगको तालमेलमा गोल गरेका थिए। 
नेपालको १० अंक भएको छ ।

नेपाल र भुटानबीचको फाइनल खेल २४ मंसिरमा हुनेछ। श्रीलंकालाई  हराउँदै भुटान शनिबार नै फाइनल पुगिसकेको छ। गत वर्ष नेपालले भारतलाई हराउँदै फाइनल जितेको थियो।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्