उपनिर्वाचनको परिणामले  कांग्रेसप्रति उत्साह बढ्यो :  गच्छदार

नेपाली कांग्रेसका उपसभापति विजयकुुमार गच्छदारले संविधान र संघीयताको  पूर्ण कार्यान्वयनका लागि प्रमुख राजनीतिक दलबीच सहमति एवं सहकार्य आवश्यक रहेको बताएका छन्।

विराटनगर विमानस्थलमा आइतबार अपरान्ह् पत्रकारहरुसँग कुरा गर्दै उनले  वर्तमान सरकारलाई पाँच वर्षका लागि सरकार सञ्चालन गर्न दिएको जनमतबाट बनेको ठूलो दलको सरकारले अन्य दललाई पनि सहमतिलाई ल्याउनुपर्ने सुझाव दिए।


Advertisement

उनले नेपाली कांग्रेसले सहमति र सहकार्यबाट अघि बढ्न चाहेकाले संविधानको मूल्य मान्यताअनुुसार सत्तापक्षले पनि प्रतिपक्षसँग सहमति गरेर अघि बढनुुुपर्ने धारणा राखे।

भर्खरै सम्पन्न उपनिर्वाचनमा नेपाली कांग्रेसप्रति जनताको उत्साह बढेको पाइएको दाबी गर्दै उपसभापति गच्छदारले पार्टीको विधानमा भएको व्यवस्थाअनुुसार एक वर्षको म्याद थप हुुने र आगामी २०७७ फागुन मसान्तभित्रसम्म महाधिवेशन सम्पन्न हुने बताए।


Advertisement

कमेन्ट गर्नुहोस्