×

NMB BANK
NIC ASIA

मेलम्ची खानेपानी आयोजना : पुस अन्तिमसम्म प्रशोधन केन्द्र तयार हुने

मंसिर २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

मेलम्ची खानेपानी आयोजनाको पानी प्रशोधन केन्द्र पुस अन्तिमसम्म निर्माण सम्पन्न हुने भएको छ ।

Muktinath Bank

मेलम्चीबाट सुरुङमार्ग हुँदै आउने पानी प्रशोधन गर्न बनाइएका दुईमध्ये एक प्रशोधन केन्द्र निर्माण सम्पन्न भइसकेको छ । निर्माणाधीन अवस्थामा रहेको अर्को प्रशोधन केन्द्र पुस अन्तिम सातासम्म सम्पन्न हुनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मेलम्चीबाट पहिलो चरणमा आउने दैनिक १७ करोड लिटर पानी प्रशोधन गरेर वितरण गरिनेछ । दुवै प्रशोधन केन्द्र साढे आठ करोड लिटर गरी १७ करोड लिटर क्षमताका हुन् । मेलम्ची विकास समितिले आगामी असार अन्तिमसम्ममा मेलम्चीको पानी सुन्दरीजलमा खसाल्ने योजना बनाएको छ । सोही योजनाअनुसार प्रशोधन केन्द्र निर्माणलाई तीव्रता दिइएको समितिले जनाएको छ । 


Advertisment
Nabil box
Kumari

एउटा प्रशोधन केन्द्रको परीक्षण
निर्माण सम्पन्न भएको एक प्रशोधन केन्द्रको भने अहिले परीक्षण भइरहेको छ । बागमती नदीको पानी प्रशोधन गर्न थालिएको छ । दुई वर्षअघि नै निर्माण सम्पन्न भएको प्रशोधन केन्द्रमा पानी प्रशोधन गरेर केयुकेयलले वितरण गर्न थालेको समितिले जनाएको छ । प्रशोधन केन्द्र जाइकाले दिएको पाँच अर्ब सात करोड ८० लाख रुपैयाँको ऋण सहयोगमा बनाइएकोे हो । 

Vianet communication
Laxmi Bank

सुरुङमार्गपछि प्रशोधन केन्द्र मेलम्ची खानेपानी आयोजनाको दोस्रो मुख्य संरचना हो । केन्द्रबाट पानी प्रशोधन गरेर उपत्यकाका ६ स्थानमा निर्माण गरिएका पानी पोखरी (ट्यांकी)मा जम्मा गरिनेछ । त्यसपछि वितरण पाइपबाट घर–घरमा पानी पु¥याइनेछ । केन्द्रबाट प्रशोधित पानी शुद्ध खानेपानी मापदण्डअनुसारकै हुनेछ । मेलम्ची खोलाको डाइभर्सन स्किम र वितरण प्रणालीको बीचमा प्रशोधन केन्द्र अत्याधुनिक प्रविधि प्रयोग गरी बनाइएको छ । यसमा कोगुलेसन सेडिमेन्टेसन प्रक्रियासहितको तीव्र बालुवा फिल्ट्रेसन प्रणालीको उपयोग गरिएको छ । 

केन्द्रमा २०० किलोवाटको लघु जलविद्युत् प्लान्ट पनि रहेको छ, जसको माध्यमबाट यो केन्द्र स्वसञ्चालित हुनसक्छ । दुईवटा प्रशोधन केन्द्रपछि सुरुङमार्ग हुँदै आउने याङ्ग्री र लार्के खोलाको गरी दैनिक ३४ करोड लिटर पानी प्रशोधन गर्न सोही ठाउँमा अर्को प्रशोधन केन्द्रसमेत निर्माण हुने मेलम्ची समितिका कार्यकारी निर्देशक तिरेस खत्रीले जानकारी दिए । नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x