साग खेलकुद : ४५ स्वर्णसहित नेपाल दोस्रो स्थानमा, कसले कति पदक जिते ?

१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रहेको छ । भारतले पदक तालिकामा पहिलो स्थान लिएको छ । 

आइतवारका खेल सकिँदासम्म भारतले १३१ स्वर्ण, ७७ रजत र ४० कास्यसहित कूल २४८ पदक जितेको छ । नेपाल ४५ स्वर्ण, ४४ रजत र ७५ कास्यसहित कूल १६४ पदक जितेको छ । यस्तै श्रीलङ्का ३४ स्वर्ण, ६६ रजत र ९३ कास्यसहित तेस्रो, पाकिस्तान २८ स्वर्ण, ३४ रजत र ४३ कास्यसहित चौथो, बंगलादेश आठ स्वर्ण, २८ रजत र ६६ कास्यसहित पाँचौं, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौं तथा भुटान नौ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छ । 


Advertisement

नेपालले आइतबार पौडी र जुडोमा एक एक स्वर्ण पदक जितेको हो । पौडीमा गौरिका सिंहले ४०० मिटर फ्रिस्टाइलमा भारतीय खेलाडीलाई हराउँदै स्वर्ण जितेकी हुन् । यस्तै जुडोमा देविका खड्काले ५२ किलो तौल समूहमा स्वर्ण जितेकी हुन् । 

साग पदक तालिका : 


Advertisement

देश               स्वर्ण    कास्य  रजत    जम्मा
भारत             १३१    ७७   ४०          २४८
नेपाल             ४५    ४४    ७५           १६४
श्रीलङ्का           ३४    ६६    ९३            १९३
पाकिस्तान       २८    ३४    ४३            १०५
बङ्गलादेश        ८    २८    ६६             १०२
माल्दिभ्स         १    ०      २                   ३
भुटान              ०    ०     ९                  ९

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्